मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

लागुऔषधसहित नवलपरासीबाट दुई जना पक्राउ

रामकुमार श्रेष्ठ
2 weeks ago
08/11/2019

नवलपरासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले बर्दघाट ४ शान्ति चौरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ बसेनी बस्ने १९ बर्षीय संजय तामाङ र एक जना १३ बर्षीय बालक रहेका छन् ।

प्रहरीले संजयको साथबाट डाइजापाम ४७ एम्पुल, नुफिन ४७ एम्पुल, फेनारागन ४७ एम्पुल, नाइट्रोभेट ७ थान, स्ट्रेगन ३ थान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...