मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

उपनिर्वाचनका लागि समाजवादी पाटीको उम्मेदवारी घोषणा

भविन कार्की
2 weeks ago
08/11/2019

संखुवासभा । आगामी मंसिर १४ गते हुन उपनिर्वाचनका लागि समाजवादी पाटी नेपाल संखुवासभाले पनि उम्मेदवारी घोषणा गरेको छ । समाजपाटी नेपालले मकालु गाउँपालिका अध्यक्ष पदका लागि नुर्व शेपालाई उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दे समाजपाटीले पाटीले उम्मेदवार घोषण गरेको हो । समाजवादी पाटी बिहिबार बसेको जिल्ला कमिटीको बैठकले नुर्ब शेर्पालाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने सर्वम्मत निणर्य भएको जिल्ला अध्यक्ष कवान शेन राईले जानकारी दिए ।

समाजवादी पाटीबाट गाउँपालिका अध्यक्ष पदका लागि तिन जना आंकाक्षी देखिएका थिए । समाजवादी पाटीबाट नुर्व शेर्पा, विरेन्द्र राई र मुकेश तामाङको नाम आएको भए पनि जिल्ला कमिटीको बैठकले सर्वसम्मत नुुर्व शेर्पालाई उम्मेदवार निणर्य भएको बताए । तर खाँदबारी नगरपालिका वडा नम्बर –३ को अध्यक्षका लागि भने सहमति जुट् नसकेको बताए ।

अध्यक्ष राईले भने, ‘वडामा पनि हामीले सहमतिमै चाडै टुङ्गो लगाउने हाे ।’ मकालु गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपा र कांग्रेसले यस अघिनै उम्मेदवारी घोषणा गरिसकेको छन् । मकालु गाउँपालिका अध्यक्ष जिप दुर्घटना र खाँदबारी–३ का अध्यक्ष हृदयघातबाट मृत्यु भएको थियो ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी–३ मा १८ सय २२ मतदाता छन् ।

(Visited 42 times, 1 visits today)
Loading comments...