मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

किसानलाई धान भि-याउन भ्याइनभ्याई

पवित्रकुमार शाही
2 weeks ago
08/11/2019

 

सुर्खेत । कार्तिक महिना सुरु भएपछि कर्णालीमा कृषकलाई धानवाली भि¥याउने चटारो सुरु हुन्छ । दसैं तथा तिहार सकिए लगत्तै कर्णालीका कृषकलाई धान भि¥याउन थालेका हुन् । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोटलगायतका दश वटै जिल्लामा धानवाली भि¥याउने चटारो सुरु भएको हो ।

कार्तिक लागेपछि किसानलाई धान भि¥याउन भ्याइ–नभ्याइ भएको छ । कर्णालीका हिमाली तथा पहाडी जिल्ला र प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतमा किसानलाइ अचेल धमाधम धान भि¥याउने चटारो छ । मौसम अनुसार, जेठ असारमा धान रोप्ने भएकाले मध्य असोज तथा कार्तिकमा धान किसानले भि¥याउन थालेको ह्न् ।

धान उत्पादनमा मौसमले पनि साथ दिएपछि धान उत्पादनमा राम्रो भएको अगुवा कृषकले बताएका छन् । विगतको तुलनामा सानोतिनो रोग लागे पनि यसपाली धानी उत्पादनमा राम्रो भएको किसानले बताएका छन् ।  धान पाकेपछि आजभोली भने, किसान रातदिन नभनेर धान भि¥याउन थालेका छन् । गत वर्षभन्दा यसपाली राम जातको धान राम्रो फलेको विरेन्द्रनगर नगरपालिका, २ का कृषक कालीवहादुर बुढाले बताए ।

मध्य असोज देखि कार्तिक अन्तिमसम्म कृषक भोक, निद्रा र थकान नभनेर बाली भि¥याउने काममा व्यस्त छन् । असाजको अन्तिम सातादेखि कर्णालीका कृषकलाई धान काट्ने र सुकाउँदै घरको भकारीमा भि¥याउने गरेका छन् । सुर्खेत मात्र नभइ यसपाली कर्णालीका अधिकांस जिल्लामा धानबाली सन्तोश जनक उत्पादन भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कृषि विकास निर्देशनालयले किसानलार्य प्रोत्साहन गर्ने कार्यक्रम पनि संचालन गरेको छ ।

सुर्खेतलगायतका जिल्लामा यो कार्यक्रम संचालन गरिएको निर्देशनालयले जनाएको छ । गत वर्षको तुलनामा कुनै ठाउँमा राम्रो र कुनै ठाउँमा धान तथा मकै बालीमा रोग लागेको कृषि विकास निर्देशनालयका बागबानी अधिकृत तथा सुचना अधिकारी भक्तिराम शर्माले बताए । उनले धानवाली र मकैका लागि मनसुनको अवस्था राम्रो रहेकाले उत्पादनको तथ्याङ्क आधिकारीक भइरको भए पनि गत वर्षभन्दा  अनुमानित राम्रो भएको बताए ।

सुर्खेतको अधिकांश खेतमा परम्परागत विधिबाट रैथाने जातका धान खेती लगमउने गरिएको छ । यस बर्षमा मनसुन ठीक भएर धानवाली रोम्रो देखिएको कृषि विज्ञले बताएका छन् ।

(Visited 48 times, 1 visits today)
Loading comments...