मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

भारतीय बाटो हुँदै अबैध रुपमा खाडी लैजान खोज्ने पक्राउ

राजधानी संवाददाता
2 weeks ago
08/11/2019

नेपालगन्ज । नेपालगन्जको जमुनाह नाका हुँदै बिदेशी मुद्रासहित भारतीय रुट प्रयोग गरी अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् ।

दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो । भारतीय प्रहरीले राईको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाएको छ ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीकी एसआई सरिताका अनुसार सीमानाकामा रुपईडिहा प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँचका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । उनीहरुको जवाफमा चित्त नबुझेपछि एसएसबी क्याम्पमै लगेर थप सोधपुछ गर्दा दुबै महिलाले खाडी मुलुक जान लागेको बताएको जानकारी दिईन ।

उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको सुरक्षा अधिकारीको भनाई छ । कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन ।

अधिकारीहरुका अनुसार राईविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

(Visited 91 times, 1 visits today)
Loading comments...