बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

नातिले चलाएको जीपको ठक्करबाट हजुरबाको मृत्यु

हुमाकान्त पोखरेल
2 weeks ago
08/11/2019

गुल्मी । गुल्मीमा आफ्नै नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडा न. २ पिपलधाराका ७३ बर्षिया कृष्ण बहादुर घर्तीको ज्यान गएको हो । उनका नाती २० बर्षिया विजय घर्तीले चलाएको लु १ ज १७१२ नम्बरको जीपले ठक्कर दिदाँ आफ्नै घरअगाडी बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राज कुमार रावलले जानकारी दिए ।

चालक विजयलाई प्रहरीले नियन्णमा लिएको छ । उनलाई सवारी दुर्घटना अन्तरगत मुद्धा चलाई कारवाही हुने रावलले जानकारी दिए ।

(Visited 98 times, 1 visits today)
Loading comments...