शनिवार ७ मंसिर, २०७६ (Saturday, 23rd November 2019)
७ मंसिर, २०७६ (23 November 2019)

घरको खाँबोले किचेर शिक्षकको मृत्यु

राजधानी समाचारदाता
2 weeks ago
09/11/2019

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–७ मालवासेमा घरको खाँबोले किचेर घाईते भएका शिक्षक धनराज चेम्जोङको उपचारका क्रममा मृत्यु भएको छ । मालबासेमा नयाँ घर बनाउँनका लागि पुरानो घर भत्काउँने क्रममा घरको खाँवोले किच्दा ५२ बर्षीय चेम्जोङ घाईते भएका थिए ।

धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको बिहिबार निधन भएको स्थानीय शिक्षक महानन्द भट्टराईले जानकारी दिए । शिक्षक चेम्जोङ चौबिसे–७ स्थित पिपलडाँडा प्राथमिक बिद्यालयमा कार्यरत थिए । यसैवीच शिक्षक चेम्जोङको पार्थिव शरिरलाई शुक्रवार स्थानीय जंगलमा अन्त्येष्टि गरिएको छ । नेपाल शिक्षक संघका सदस्यसमेत रहेका चेम्जोङको पार्थिव शरिरमा संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिएको हो । नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघ प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, धनकुटा अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले पार्थिव शरिरमा झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

(Visited 40 times, 1 visits today)
Loading comments...