शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

मन्त्रीपरिषद पुर्नगठन हुने, प्रधानमन्त्रीका सचिवालय सदस्यले राजीनामा दिने

राजधानी समाचारदाता
2 weeks ago
09/11/2019


काठमाडौ । केही मन्त्रीका कामप्रति असन्तुष्टि जनाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने भएका छन् । मन्त्रीमण्डन पुर्नगठन अगाडी सचिवालयका सबै सदस्यलाई राजीनामा दिने आग्रह गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । सचिवाल सदस्यहरुले मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिने भएका छन् ।

प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित लगायतले राजीनामा दिने भएका छन् ।

(Visited 230 times, 1 visits today)
Loading comments...