सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

हिमाल हेर्न घान्द्रुक

गोविन्द मरासिनी
4 weeks ago
09/11/2019

गोविन्द मरासिनी

 

अमेरिकी सञ्चार संस्था सीएनएनले एसियाका १३ उत्कृष्ट गन्तव्यको सूचीमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा अवस्थित घान्द्रुकलाई समेटेको छ । भिजिट नेपाल २०२० नजिकिँदै जाँदा पोखराबाट नजिकै रहेको घान्दु्रकमा पर्यटकको चाप बढ्दो छ ।

कोलाहल, प्रदूषित वातावरण, व्यस्त दैनिकीबाट निस्किएर घुम्नका लागि थोरै समय छुट्याउने योजनामा हुनुहुन्छ भने तपाईंका लागि घान्द्रुक उपयुक्त गन्तव्य हुन सक्छ । कसरी पुग्ने ?

गण्डकी प्रदेशको सदरमुकाम पोखराबाट पर्वत–बाग्लुङ जाने हाइवेमा पर्ने नयाँपुलबाट घान्द्रुक जाने सहज बाटो छ । पोखराबाट करिब ४२ किमिको दूरीमा नयाँपुल पुगिन्छ, त्यहाँबाट करिब १८ किमिको कच्ची सडक यात्रा गरेपछि घान्द्रुक पुग्न सकिन्छ ।

सबैभन्दा धेरै जलविद्युत् आयोजना भएको मोदी खोलाको तीरतीरै सुन्दर झरनाको अवलोकन गर्दै चिसो हावा र ठाउँठाउँमा चिसो पानी पिउँदै घान्द्रुक पुग्दा निकै आनन्दित भइन्छ । साँघुरो, कच्ची र उकालो बाटो हिँड्दा वाक्कदिक्क लागे पनि चिसोचिसो मौसम र मनोरम झरनाका कारण बाटो सहजै पार गर्न सकिन्छ ।

मोटरसाइकल र आफ्नै गाडीमा यात्रा गर्नेका लागि यो मार्ग उत्तम मानिन्छ । आफ्नै सवारीसाधनमा यात्रा नगर्नेका लागि भाडाको गाडी पनि उपलब्ध हुन्छ । पोखराको जिरोकिमिबाट भाडाको गाडी पाइन्छ । जिपमा सवार गर्ने हो भने एकजनाको ६ सय रुपैयाँसम्म र लोकल गाडीबाट घान्द्रुक जाने हो भने २५०–३०० रुपैयाँसम्म भाडा लाग्छ ।

अरू बेला सहजै गाडी पाइए पनि वर्षायाम र सिजनमा भने गाडी पाउन मुस्किल हुने स्थानीय बताउँछन् । यसबाहेक कास्कीको काँडे, लान्दुक हुँदै घान्द्रुक, म्याग्दीको घोडेपानी टाडापानी हुँदै घान्द्रुक र कास्कीको धम्पुस हुँदै पनि घान्दु्रक पुग्न सकिन्छ ।

करिब ८० प्रतिशत गुरुङको बाहुल्य रहेको घान्दु्रक अन्नपूर्ण पदयात्रा मार्गमा पर्छ । घान्द्रुकको उत्तरमा रहेको अन्नपूर्ण आधार शिविर र पश्चिममा घोडेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाट नै गर्ने गरिन्छ । केही पर्यटक घान्द्रुकबाटै फर्किन्छन् भने केही पर्यटक घोडेपानी–पुनहिल हुँदै अन्नपूर्ण बेस क्याम्पसम्मै पुगेर फर्कने गर्दछन् ।

हिँड्न सक्नेहरूका लागि घान्द्रुकबाट घोडेपानी एक दिनमै पुग्न सकिन्छ अलिक कम हिँड्नेलाई दुई दिनसम्म लाग्छ । नयाँपुलबाट हिँडेरै घोडेपानी पुग्ने र फर्कने प्याकेज बनाउने हो भने करिब ५–७ को दिनको समय लाग्छ । घोडेपानी पुग्ने सडकको राम्रो प्रबन्ध नहुँदा घान्दु्रकमा भन्दा बसाइ र खुवाइ थप महँगो पर्नेछ ।

अन्नपूर्ण बेसक्याप जाने पदमार्ग पनि यही भएकाले यस गाउँमा चहलपहल अझै बढेको हो । घान्दु्रकबाट बेस क्याम्प पुगेर करिब ४–५ दिनमा फर्कन सकिन्छ ।

घुम्न लायकका ठाउ“

करिब २ हजार उचाइमा अवस्थित घान्दु्रक हिमाली सौन्दर्य, आत्मीय व्यवहार र गुरुङ संस्कृतिका लागि संसारमै प्रख्यात छ ।

प्रायः घान्दु्रक पुग्ने जो कोही  आँखाअगाडि नै देखिने आधा दर्जन हिमाल, टिपिकल गाउँ, ढुंगाले बनेको बाटो, गुरुङ म्युजियम, गुरुङ संस्कार, गुरुङका परम्परागत शैली र ड्रेस दृश्यावलोकन गरेर रमाउँछन् ।

यसका अलवा सुनीमाया, यानीमाया, ठाडे भाकाका गीत गाउँदै आँगनमा नाचिने घाटु, सोरठी, घरमा पाहुना र स्थानीयले खेल्ने दोहोरीले पनि पर्यटकको मन जित्छ । स्थानीयका अनुसार घान्द्रुकबाट अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण–३, माछापुच्छ«ेलगायतका हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

घान्द्रुकबाट एकाबिहानै हिमाल नियाल्न सकिन्छ । यसबाहेक घान्द्रुक जाँदै गर्दा बाटोमा पर्ने बिरेठाटीमा क्यानोनिङ झरना, ससाना जलविद्युत् आयोजनाहरू, घान्द्रुक गुम्बा दर्शन, घान्द्रुकवरपरका कोट गाउँ, माझ गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँको दृश्यावलोकन गर्न सकिन्छ ।

 

पर्यटक घान्द्रुकबाट एकाबिहानै हिमाल नियाल्न लालायित हुन्छन् । यसबाहेक घान्द्रुक जा“दै गर्दा बाटोमै पर्ने बिरेठाटीमा क्यानोनिº झरना, ससाना जलविद्युत् आयोजना, घान्द्रुक गुम्बा, घान्द्रुकवरपरका कोटगाउ“, माझगाउ“, तल्लोगाउ“, डा“डागाउ“ र गैरीगाउ“ पनि हेर्न लायक छन्

 

 

 

खानपान, बसाइ“ र खर्च

घान्द्रुक गाउँका स्थानीयको मुख्य पेसा नै होटल र होमस्टे व्यवसाय हो । करिब ६ सय घरधुरी रहेको घान्दु्रकमा करिब ८० होटल र १५–२० घरमा होमस्टे सञ्चालन गरिएको छ । होटलभन्दा होमस्टे केही सस्तो भए पनि यहाँको खानपान भने अलिक महँगो रहेको आन्तरिक पर्यटक विजयकुमार शाही बताउँछन् । काठमाडौंबाट घान्द्रुक घुम्न आएका शाहीले घान्द्रुक गाउँ सोचेअनुरूप नै पाए । ‘मौसमले पनि साथ दिएकाले नजिकैबाट हिमाल हेर्न पाइयो । खुसीचाहिँ भए तर अलिकति सोचेभन्दा अलिक महँगोचाहिँ लाग्यो । राजमार्गबाट त्यति टाढा नभएकाले यति महँगोचाहि जरुरत नपर्ने हो कि ?’ उनले भने ।

घान्द्रुकमा पर्यटक रमाउने अर्को मुख्य कुरा हो खानेकुरा । अर्गानिक गुन्दु्रक, साग, ढिँडो, सुकुटी, लोकल कोदोको रक्सी, तुम्बा र लोकल कुखुराको स्वादमा पर्यटक रमाउने गरेको व्यापारीहरू बताउँछन् ।

घान्दु्रक गेस्ट हाउस सञ्चालक जयप्रसाद गुरुङका अनुसार पोखरादेखि घान्दु्रक पुगेर सामान्य तरिकारले खानपानसहित बास बस्दा करिब २ हजारदेखि ३ हजारसम्मको खर्चले एकजनालाई पुग्ने बताए । त्यसमा बेलुका र बिहानको खानाखाजा समावेश गरिएको हुन्छ ।

घान्द्रुकमा सामान्य तरिकाको बसाइका लागि एक रातको करिब ८००–१ हजारमा कोठा पाइन्छ भने शाकाहारी खानाको ४ देखि ५ सय पर्छ । विदेशी पर्यटकभन्दा नेपाली पर्यटकको चाप हुने भएकाले नेपाली पर्यटककै कारणले घान्दु्रकको व्यापार धानिएको गुरुङले बताए ।

पर्यटन वर्षको सम्भावना

सरकारले  २०२० लाई ‘भिजिट नेपाल २०२०’ का रूपमा मनाउने घोषणा गरे पनि घान्द्रुकलाई हालसम्म सरकारले केही नगरेको स्थानीयको गुनासो छ ।

होटल सञ्चालक गुरुङका अनुसार भिजिट २०२० को नारा लगाए पनि सरकारले चासो नदिँदा यो सालमा विदेशी पर्यटक भिœयाउन नसकिएको हो ।

घान्द्रुकमा पर्यटक लोभ्याउने बाटोघाटोलगायत स्थानीय पूर्वाधारमा सरकारी तवरबाट बेवास्ता हुँदा स्थानीय नै जुट्नुपर्ने बाध्यता रहेकाले पर्यटक भिœयाउन सरकारले पनि केही पहल गरेमा आन्तरिकका साथै विदेशी पर्यटक पनि भिœयाउन सघाउ पुग्नेछ ।

घान्द्रुकमा अझै सस्तो र सुलभमा गाँसबास तथा थप क्रियाकलापहरू भिœयाउन सकियो भन्यो पर्यटकको आकर्षण बढ्ने र व्यापार व्यवसाय प्रवद्र्धन हुने स्थानीय व्यापारीहरू बताउँछन् । घान्द्रुकमा नेपाली पर्यटक कति पुगे भन्ने रेकर्ड नभए पनि विदेशी पर्यटकको भने रेकर्ड राख्ने गरिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्दु्रकका संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलका अनुसार २०१७ मा ६३ हजार र २०१८ मा ६५ हजार पर्यटक घान्द्रुक पुगे । यसरी घान्द्रुक पुग्ने विदेशी पर्यटकमा सबैभन्दा धेरै चिनियाँ छन् भने त्यसपछि क्रमशः कोरिया, ब्रिटिस र अमेरिकाका पर्यटक छन् ।  स्थानीयले घान्द्रुकको पर्यटन केन्द्रीय सरकार र स्थानीय सरकारले केही नगरेको भनिरहँदा जनप्रतिनिधिलाई भने यो कुरा स्वीकार्य छैन ।

अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले घान्द्रुकको पर्यटन प्रवद्र्धनका लागि केन्द्रीय सरकारले नै बजेट छुट्याएर पर्यटन पदमार्ग, कुना काप्चामा सडक पु¥याउन लगानी गर्नुका साथै कृषिबाट पर्यटन प्रवद्र्धन, सौर्य बत्ती जडानलगायतका काम अगाडि बढेको दाबी गरिन् ।

 

 

 

 

 

(Visited 467 times, 1 visits today)
Loading comments...