शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

दुई कोठे पक्की भवन हस्तान्तरण

प्रकाश थिङ
2 weeks ago
11/11/2019

। ललितपुर जिल्लाको बागमती गाउपालिका वार्ड न १ घुसेलमा रहेको श्री घुसेल माध्यमिक बिद्द्यालयको परिसरमा निर्माण सम्पन्न उक्त भवन नेसा फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जापनी नागरिक नो वु अो सुएनगाले उक्त भवनको भित्तामा टासिएको सहयोगी दाता स्व• सगरमाथा आरोही इको हिसानोको शिला फोटोको पर्दा हटाएर बिधिवत रुपमा उदघाटन गरि हस्तान्तरण गरेको छ।

कार्यक्रममा विशेष अतिथि वडाध्यक्ष श्री जगत बहादुर लो ले जापानबाट धेरै सहयोग भएकोमा वहाहरु प्रती धन्यबाद दिनुभयो। ललितपुर जिल्लाको दक्षिण पश्चिममा अवस्थित यस घुसेल गाउको समग्र वस्तुस्थितिको बारेमा बिद्यालयका प्रधानाध्यापक श्री रमेश न्यौपानेले प्रष्ट्याउनु भएको थियो। पाटन वर्क शपका श्री रजना खड्गीको विशेष पहलमा उक्त भवन निर्माण भएको हो।सो भवनको एउटा कोठामा सिलाइ सिक्नलाई सिलाइ मेशिन सहित तयार पारेको छ भने अर्को कोठामा प्रथामिक उपचारका लागि केहि आधारभुत सामानका साथ तयार भएको छ।

कार्यक्रममा जापानका १० जना जापनिज र पाटन वर्कशप ललितपुरका ८ जना प्रतिनिधि बिद्यालयका शिक्षक विद्यार्थी ,बिव्यस,स्थानिय जनप्रतिनिधी ,स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी र स्थानियको उपस्थिती रहेको कार्यक्रममा बिद्यालयलाई केही शैक्षिक सामाग्री प्रदान गर्नुको साथ साथै एउटा तामाङ गित र नेपालीमा विद्यार्थीले नृत्य प्रस्तुत गरेको थियो भने जापनी टोलिले जापानी गीत प्रस्तुत गरेको थियो। कार्यक्रम सन्चालन बिद्यालयका शिक्षक श्री दिपक जमकट्टेले गर्नुभएको थियो भने बिव्यसका अध्यक्ष श्री ज्ञान बहादुर लो को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

 

(Visited 50 times, 1 visits today)
Loading comments...