शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

चिच्याएर वर माग्ने सत्यवती बज्यैको मेलाको रौनक

किरण कौशल
3 weeks ago
12/11/2019

पाल्पा । सबैले सुन्न गरेर अ–आफ्नै सुरमा सत्यवती ताल घुम्दै चिच्याएर वर माग्ने मेला तिनाउ गाउ‘पालिका ४ कोलडॉडामा लागेको छ । कार्तिक शुक्ल चर्तुदशीको राती र पूर्णिमाको दिन बिहान पुजाआजा गरी चिच्चाएर सत्यवति बजैसंग वर माग्ने गर्दछन् ।

सत्यवती तालमा स्नान दायाँ घुम्दै चिच्चाएर वर मागेमा चिताएको पुग्ने जनविश्वास रहेको छ । सत्यवती बज्यैले कानले नसुन्ने भएकाले माग्नुपर्ने कुरा जे वर भएपनि अन्य भक्तजनहरुले समेत सुन्ने गरी चिच्चाएर माग्ने गरिन्छ । अनौठो ऐतिहासिक र धार्मिक सत्यवती मेलाको प्रदेश नं. ५ सरकारका उघोग, वन, पर्यटन तथा वतावरणमन्त्री लिला गिरीले अवलोकन गरेका छन् । यो मेला यस क्षेत्रकै लामो अवधि लाग्ने र धेरै भक्तजनहरुले दर्शन गर्ने मेलाको रुपमा लिइन्छ । पाल्पा, गुल्मी, अर्घाखाची, रुपन्दही, नवलपरासी, कपिलबस्तु, स्याङ्जा, पोखरा, चितवन लगायतका भारतको बिभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् ।

भक्तजनहरुले मागेको वर पुरा भएपछि भाकल अनुसार नै बली लिएर जाने गर्दछन् । सत्यवती बजैलाई कुखुरा, बोका, राँगा, परेवाको बली दिने परम्परा रहेको छ । रातीनै तालमा लिङ्गो गाड्ने, वर माग्ने, परिपरि घुम्ने गरेर बिहान हुनासाथ घर फर्किने गर्दछन् । कोलडाँडाको टुप्पोमा जंगलको बिचमा रहेको सत्यवती तालमा सिद्धार्थ राजमार्गको चौबिस माइलदेखि २ घण्टा उकालो हिडेपछि पुग्न सकिन्छ ।

तालमा जानेबाटोमा र तालको परिपरि मगरी खाना, बटुक, चुकाउनी, सुन्तला, केरालगायत विभिन्न खानाका परिकारहरु राख्ने गरिन्छ । मगर समुदायले राती मगर संस्कृति झल्कने कौडा, रोदी, झम्मरे नाच्ने गर्दछन् । मेलालाई व्यावस्थित गर्ने स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थ कडा पार्नुका साथै भक्तजनको सुविधाका लागी खानेपानी, बाटो मर्मत, प्राथमिक उपचारको र भेटीलाई व्यवस्थीत गरेको तिनाउ गाउ‘पालिका अध्यक्ष ओम बहादुर घर्तीले बताए ।

पयर्टकीय र सिमसार क्षेत्रले पनि महत्वपूर्ण रहेको सत्यवती तालको भने संरक्षण हुन सकेको छैन् । ताल सफा गर्न नसक्दा बिस्तारै पुरिन थालेको छ भने पहिरोको पनि खतरामा रहेको छ । तालमा जाने बाटो र पुगेपछि बस्ने बास, खाना लगायत अन्य सुविधा हुन नसक्दा महत्व भएपनि ओझेलमा परेको छ ।

(Visited 957 times, 1 visits today)
Loading comments...