सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

कालापानी विवादवार्ताबाट समाधान गर्न चीनको जोड

राजधानी समाचारदाता
3 weeks ago
15/11/2019

काठमाडौं। काठमाडौंस्थित चिनियाँ राजदूतावासले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ताबाट समाधान गर्नुपर्ने बताएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मैत्रीपूर्ण परामर्श र वार्ताबाट कालापानी सीमा विवाद समाधान गर्न सकिने बताएको छ । ‘चीनलाई विश्वास छ नेपाल र भारतले कालापानी विवाद वार्तामार्फत समाधान गर्नेछन् ।’ विज्ञप्तिमा उल्लेख छ ।

चीनले जहिले पनि नेपालको सम्प्रभुता  भौगोलिक अखण्डताको सम्मान गर्ने बताएको छ । दूतावासका प्रवक्ता वाङ सिओयोलोङले कतिपय व्यक्ति र मिडियाले गैरजिम्मेवारी रूपमा चीनले नेपालको भूभाग मिच्यो भनेर भ्रम सिर्जना गर्न खोजेकोमा आफ्नो ध्यानआकर्षण भएको बताएका छन् । उनले यसलाई नेपाल चीन सम्बन्धमा फाटो ल्याउने प्रयासका रूपमा लिएको र यस्तो दुस्प्रयास सफल हुन नदिने समेत बताएका छन् ।

‘चीनले नेपालको सीमा मिच्यो भनेर भ्रम सिर्जना गरेर जनताको ध्यान मोड्न खोजिएको छ ।’ उनले भने । उनले चीनले सीमा मिच्यो भनेर आधारहीन समाचार प्रकाशन भएको आरोप लगाएका छन् । उनले नेपाल चीनले सन् १९६९ मा सीमा सन्धिमा हस्ताक्षर भएको बताए । ‘त्यही सन्धिका आधारका सीमा तय भएको छ । त्यसपछि सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दामा सहकार्य भएको छ ।’ उनले भने । उनले गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा पनि सीमा व्यवस्थापन प्रणालीका विषयमा हस्ताक्षर भएको स्मरण गराएका थिए । चीनले नेपालसँग सीमा समस्या, बाहिरी हस्तक्षेप र विकासका लागि सहकार्य गर्न उनले दाबी गरे ।

 

 

(Visited 23 times, 1 visits today)
Loading comments...