शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

आँचलले पाँच जना स्रष्टालाई सम्मान गर्ने

राजधानी समाचारदाता
4 weeks ago
15/11/2019

हेटौंडा । मकवानपुरमा रहेर साहित्यमा क्रियाशील आँचल साहित्य कला पुञ्जले यस वर्ष पाँच जना स्रष्टालाई सम्मान गर्ने भएको छ । जिल्लामा रहेको एक मात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विद्यामा योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्न लागेको जनाएको छ ।
संस्थाले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
संस्थाले दिएको जानकारीअनुसार १० हजार रुपैयाँ धनराशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई प्रदान गरिनेछ ।

१५ हजार रुपैयाँ राशिको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई, ११ हजार १११ रुपैयाँ राशिको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिनेछ । यस्तै, १० हजार रुपैयाँसहितको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई, ५हजार ५५५ रुपैयाँ धनराशिको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७६ पत्रकार नवराज शर्मालाई प्रदान गर्ने निर्णय भएको छ । आउँदो २१ मंसिरमा आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवमा यो पुरकार प्रदान गरिने कार्यवाहक अध्यक्ष न्यौपाले जानकारी दिइन् ।

२०६९ साल मंसिरको २४ गते स्थापना भएको संस्थाले साहित्य, कला एवं संस्कृति विकासको लागि मकवानपुर जिल्लामा छरिएर रहेका नारी सर्जकहरूलाई आबद्ध गराउनुको साथै सम्पूर्ण जातजाति, भाषा, कला, संस्कृतिको विकासमा सहयोग पु¥याउने एवं साहित्यको उन्नयनमा सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ ।

(Visited 13 times, 1 visits today)
Loading comments...