एजेन्सी
4 weeks ago
0
मुम्बई। सामाजिक सञ्जाल ट्वीटरमा व्यस्त रहने बलिउडका अभिनेता अभिनेत्रीको सूचीमा फलोअर्सका हिसाबले पहिलो नम्बरमा शाहरूख खानले आफूलाई उभ्याएका छन् । सबैभन्दा बढी फलोअर्ससँगै साहरूख खान पहिलो नम्बरमा परेका हुन् । यी अभिनेतालाई (३९ मिलियन) ३ करोड ९० लाख व्यक्तिहरूले ट्वीटरमा फलो गरेका छन् ।
यस्तै, ट्वीटर फलोमा दोस्रो स्थानमा अभिनेता अमिताभ बच्चन रहेका छन् । ट्वीटरमा निकै सक्रिय यी अभिनेतालाई (३८.६ मिलियन) अर्थात् ३ करोड ८६ लाख व्यक्तिहरूले फलो गरेका छन् । उनी पनि ट्वीटरमा व्यस्त रहने बलिउड अभिनेता हुन् ।
ट्वीटरमा फलो गरिने बलिउड कलाकारहरूमा अभिनेता सलमान खान तेस्रो स्थानमा रहेका छन् । सलमानलाई ट्वीटरमा फलो गर्नेको संख्या ३ करोड ८१ लाख रहेका छन् । अभिनेता सलमान पनि ट्वीटरमा निकै सक्रिय रहँदै आएका छन् ।