सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

प्रधानमन्त्रीले प्रेस सल्लाहकार अर्यालसहित ६ जनालाई हटाए, प्रमुख सल्लाहकारमा रिमाल यथावत

राजधानी समाचारदाता
3 weeks ago
15/11/2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत प्रेस सल्लाहकार कुन्दन अर्यालसहित ६ जनालाई पदमुक्त गरेका छन् । उनले १ मंसीरदेखि लागु हुने गरी ६ जनाको राजीनामा स्वीकृत गरेका छन् । तर प्रधानमन्त्रीले आफ्नो प्रमुख सल्लाहकारमा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाललाई निरन्तरता दिने निर्णय गरेका छन् ।

पदमुक्त हुनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।

(Visited 128 times, 1 visits today)
Loading comments...