सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

जनकपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

सुजीतकुमार झा
3 weeks ago
15/11/2019
bike-accident

जनकपुरधाम । बसको ठक्करबाट जनकपुरधाम ढल्केवर सडक खण्डमा आज एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम ११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् भने घाइते धिरेश साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

धनुषाको लक्ष्मीनिया ६ निकाल भन्ने स्थानमा जनकपुरबाट विराटनगर जादैँ गरेको ना.७ ख.३६९३ नम्बरको आयुष ट्रेवल बसले विपरीत दिशाबाट जनकपुर आउँदै गरेको ज.९ प. ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोविन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

धनुषाको महेन्द्रनगर बजारबाट तरकारी लिएर घर जनकपुरधाम फर्किंदै गर्दा मोटरसाईकललाई बसले ठक्कर दिएको थियो । धनुषा प्रहरीका अनुसार गाडी र चालक दुबै महेन्द्र नगर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...