सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

देशलाई समृद्ध बनाउनु बाहेक नेकपासंग विकल्प छैन : नेकपा प्रवक्ता

राजधानी समाचारदाता
3 weeks ago
17/11/2019

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आइतवार जनताको घरदैलोमा पुगेका नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने अभियानस्वरुप भक्तपुरको विकास गर्न र यहाँको मुहार फेर्न नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने धारणा राखे ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै धारणा राखे ।

(Visited 10 times, 1 visits today)
Loading comments...