राजधानी समाचारदाता
4 weeks ago
0
काठमाडौं । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं –१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो ।
महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं–१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गर्ने क्रममा अरुण र मनिषकुमारविच विवाद भएको थियो ।
विवादका क्रममा मनिषले अरुणलाई छुरा प्रहार गरे । छुरा प्रहारपछि खड्गीले आफैंले अरुणलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगे पनि । अस्पताल पुगेको केहीवेरमै चिकित्सकले मृत घोषणा गरे ।