शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

मन्त्रीका वास्तविक योग्यता

सागर पण्डित
4 weeks ago
19/11/2019

सागर पण्डित

प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै २० महिनापछि आफ्नो सरकारका मन्त्रीहरूको फेरबदल गर्ने गृहकार्यलाई अन्तिम चरणमा पु¥याएका छन् । सम्भवतः एक÷दुई दिनभित्र सरकारका मन्त्रीहरू हेरफेर हुन सक्नेछन् ।
प्रधानमन्त्रीले मन्त्री हेरफेरको मुख्य कारणका रूपमा राम्रो कार्यसम्पादन गर्न नसकेको विषयलाई आधार बनाउन खोजेको देखिन्छ । मन्त्रीले राम्ररी कार्यसम्पादन गर्न नसकेको आधारमा हटाएर आउने नयाँ मन्त्री साच्चै नै काबिल, राम्रो कार्यसम्पादन गर्न सक्ने र रातदिन खटिएर परिणाम ल्याउन सक्ने होलान् ? अर्थात् भ्रष्टचारमा शून्य सहनशीलतालाई व्यवहारमा नै उतार्न सक्ने इमान्दार र कर्तव्यनिष्ट व्यक्तिहरू नयाँ मन्त्री भएर आउन सक्लान् ? यतिखेर सर्वत्र चासोका रूपमा यो विषयलाई लिन थालिएको छ । ओली नेतृत्वमा ३ फागुन २०७४ मा गठन भएदेखि नै वर्तमान सरकारप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राख्दै आएका हुन् ।

राष्ट्रभक्तिको छवि बनाउँदै आएका प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिमा पनि अग्रगामी छलाङ मार्न सक्ने विश्वाससमेत गरिएको थियो तर सरकारको कार्यशैली सोचेअनुसार आक्रामक र प्रभावकारी बन्न नसकेको यथार्थ हामी सबै सामु छ । प्रधानमन्त्री ओलीसँग स्पष्ट भिजन छ , मुलुकको लागि केही गरांै भन्ने सोच पनि छ तर उनको भिजनलाई व्यवहारमा उतार्न उनीसँग गतिशील र ऊर्जावान् टिम नभएको पक्कै हो । उनको भिजन, योजना र कार्यक्रमलाई वास्तविक रूपमा व्यवहारमा उतार्ने प्रमुख दायित्व भनेकै मन्त्रीका रूपमा रहेको उनको मुख्य टीम हो । प्रधानमन्त्री, मन्त्री र उनीहरूको सल्लाहकार टिमले गर्ने काम नै सरकारको सफलताको प्रमुख आधार हो । यो टिम इमानदार भएर कार्यथलोमा खटिने हो भने कर्मचारीतन्त्रले सहजै सहयोग गर्छ । त्यसैले, पनि मन्त्री तथा सल्लाहकार टिममा रहने व्यक्तिहरू योजना बनाउन, लागू गराउन र परिणाम ल्याउन सक्ने खुबी भएको हुनुपर्छ ।
अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै बनाएका योजनाको कार्यान्वयन हुन नसक्नु नै हो । विकासे मन्त्रालय र मातहतका निकायले सञ्चालन भएका विकास आयोजनाको सशक्त अनुगमनसमेत गर्न सकेका छैनन् । त्यसैले अब मन्त्रीहरूले त्यस्तो अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउँदै दिनहँु परिणामको खोजी गर्नुपर्छ । प्रधानमन्त्रीले बनाउने नयाँ मन्त्रीहरूमा यस किसिमको भावना हुनुपर्छ ।

बिचौलियाबाट निर्देशित हुने, तस्करसँग साठगाठ राख्ने, राजस्व छली गर्ने, व्यापारीसँग संगत गर्ने, भूमाफिया र ठेकेदारहरूका वरिपरि घुम्ने व्यक्तिलाई कुनै पनि हालतमा मन्त्री बनाइनुहँुदैन । कथंकदाचित त्यस्ता व्यक्तिलाई मन्त्री बनाइयो भने पनि प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्न सक्नुपर्छ । अहिले पनि केही मन्त्री त्यस्तै चरित्रका छन्, प्रधानमन्त्रीले अध्ययन गरेर त्यस्ता मन्त्रीलाई बिदा दिनुपर्छ ।
राजनीतिलाई निष्ठा ठान्ने र जीवनलाई राजनीतिको पर्याय ठान्ने व्यक्तिलाई मन्त्री बन्ने अवसर दिनुपर्छ । अहिले मन्त्रिपरिषद् पुनर्गठनको हल्लासँगै केही सांसद मन्त्री बन्न मरिहत्ते गरेर लागेका छन् । जो मन्त्री बन्न मरिहत्ते गरेर दौडिन्छ, निश्चित छ उसले भोलि गएर राम्ररी काम गर्न सक्दैन । प्रधानमन्त्रीले कसैलाई पनि दबाब र तेरो मेरोको आधारमा मन्त्री बनाइनुहँुदैन ।

 

 

धेरै व्यक्ति मन्त्री भएका दिन पदबहाली गर्ने क्रममा भ्रष्टचारमा शून्य सहनशीलताको विषयलाई चर्कैस“ग उठान गर्छन् तर त्यसको भोलिपल्ट नै कुशासनको चक्र चलाउन आफैं उद्धत र्छन्

बिचौलियाबाट निर्देशित हुने, तस्करस“ग सा“ठगा“ठ राख्ने, राजस्व छली गर्ने, व्यापारीस“ग संगत गर्ने, भूमाफिया र ठेकेदारहरूका वरिपरि घुम्ने व्यक्तिलाई कुनै पनि हालतमा मन्त्री बनाइनुहु“दैन

 

 

विगत २० महिनामा धेरै मन्त्रीले धेरै समय त्यसै खेर फालेका छन् । प्रधानमन्त्रीको योजनाअनुसार चल्न धेरै मन्त्रीह असफल भएका छन् । त्यसैले, पनि प्रधानमन्त्रीले नयाँ मन्त्री बनाउनुभन्दा अघि २० पटक सोच्न जरुरी छ । मन्त्री बनाउँदा भूगोल, जातजाति हेर्नुहँुदैन । व्यक्तिको क्षमता, योग्यता, इमानदारिताका विषयमा बढी ध्यान दिनुपर्छ । नेकपाका धेरै सांसद मन्त्री हुन योग्य छन् । योग्यबाट पनि झन बढी योग्य व्यक्ति छनोट गर्न सक्ने हो भने आगामी दिनमा प्रधानमन्त्रीलाई सफलता हासिल गर्न सहज हुन सक्छ ।
प्रधानमन्त्रीले समृद्ध नेपाल र स्ुखी नेपालीको महान् लक्ष्यलाई अघि सारेका छन् । सो लक्ष्यअनुसार उनले प्रायः सबै मन्त्रीलाई आवश्यक पर्नेगरी मार्गनिर्देशन पनि दिँदै आएका छन् । तर, प्रधानमन्त्रीलाई हौसाउने र आफ्नो मन्त्रालयको जिम्मेवारी अनुसारको कार्यलाई व्यवहारमा उतार्न स्पष्ट योजना बनाएर सशक्त कार्यान्वयन गर्ने मन्त्रीको करिबकरिब खडेरी नै पर्दै आइरहेको छ ।

अहिले धेरै मन्त्रीहरू परम्परागत शैलीकै देखिएका छन् । तर, अब आउने मन्त्रीहरू परिणाम देखाउन सक्ने खालका हुनुपर्छ । रोल मोडल मन्त्रीका रूपमा आफूलाई स्थापित गर्न सक्नुपर्छ । हरपल आफ्नो मन्त्रालयको कार्यविभाजनअनुसार काम गर्न दत्तचित्त भएर लाग्ने, नतिजामा ध्यान दिने, समस्याको पहिचान गर्न सक्ने, समयमा नै निर्णय गर्न सक्ने, मितव्ययी व्यक्तिलाई मन्त्रीको रूपमा ल्याउन सकिएमा देशमा धेरै सुधारको अपेक्षा गर्न सकिन्छ ।
धेरै व्यक्तिहरू मन्त्री भएका दिन पदबहाली गर्ने क्रममा भ्रष्टचारमा शून्य सहनशीलताको विषयलाई चर्कैसँग उठान गर्छन् तर त्यसको भोलिपल्ट नै कुशासनको चक्र चलाउन आफैं उद्दत हुने गर्छन् । विगतदेखिकै एउटा गम्भीर समस्या के हो भने धेरै मन्त्री कम्मल ओढेर घिउ खान माहिर रहँदै आएका छन् । ओली सरकारका केही मन्त्रीको हकमा पनि यो रोग उत्तिकै छ । प्रधानमन्त्रीले कम्मल ओढेर घिउ खान पल्केका मन्त्रीहरूलाई हटाउन सक्नुपर्छ । अब आउने मन्त्री भ्रष्टचारलाई भित्रदेखि नै घृणा गर्ने र सुशासनलाई वास्तविक रूपमा नै अवलम्बन गर्ने खालका हुनुपर्छ ।

अहिलेका केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउँदा त्यसरी ल्याइएका मन्त्री राजनीतिक र नैतिक रूपमा अब्बल भएको हुनुपर्छ । उही भागबन्डा मिलाउन र गुटलाई व्यवस्थापन गर्ने गरी भ्रष्ट चरित्रका र कामै गर्न नसक्ने व्यक्तिलाई मन्त्री बनाइयो भने त्यो प्रधानमन्त्रीका लागि आत्मघाती कदम हुनेछ ।
कर्मचारीतन्त्रलाई तह लगाउन पनि इमानदार चरित्र भएका व्यक्तिलाई मन्त्री बनाउनुको विकल्प छैन । त्यसैले प्रधानमन्त्रीले अब बनाउने मन्त्री छोटो समयमा रोल मोडल बन्न सक्ने, नतिजा निकाल्न सक्ने, समयमा नै समस्याको पहिचान गर्न सक्ने र निर्णय गर्न सक्ने, इनोभेसनमा जोड दिन सक्ने, रातदिन काम गर्न सक्ने, भ्रष्टचारविरुद्धको शून्य सहनशीलतालाई सशक्त रूपमा व्यवहारमा उतार्न सक्ने र स्वयं प्रधानमन्त्रीलाई नै नयाँनयाँ योजना दिएर हौसाउन सक्ने ल्याकत भएको व्यक्ति हुनुपर्छ । प्रधानमन्त्रीले यस विषयमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

 

(Visited 80 times, 1 visits today)
Loading comments...