शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

माघमा आउने भयो दि कर्मा

राजधानी समाचारदाता
3 weeks ago
19/11/2019

 

काठमाडौं ।  नेपाली चलचित्र ‘दि कर्मा’ले यसपटक आफ्नो प्रदर्शन मिति तय गरेको छ । गत वर्ष नै रिलिज गर्ने भनिएको पनि निर्माण सम्पन्न नभएको यो चलचित्रको अहिले भने निर्माण सम्पन्न भएको छ ।

चलचित्र दि कर्माको सोमबार अफिसियल पोस्टर रिलिज गर्दै आगामी १७ माघमा यो फिल्म रिलिजको घोषणा गरिएको छ । निर्माता जयराज रायका अनुसार अब दि कर्मा आगामी १७ माघमै आउनेछ ।

चलचित्र दि कर्माको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण बर्मासँगै यो चलचित्रमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जयराज राय आफंैले लेखेका हुन् । रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सहनिर्माताको रूपमा छन् । दि कर्माको पटकथा तथा संवाद सुशील पोखरेलको हो ।

नेपाल रिलिजसँगै अन्य मुलुकमा पनि यो चलचित्र रिलिज हुने बताइएको छ । हिमालयन बिजनेस ग्रुपले अस्ट्रेलियामा रिलिज गर्ने बताइएको छ भने एभरेस्ट बिजनेस ग्रुपले दक्षिण कोरियामा रिलिज गर्ने निर्माण पक्षको भनाइ छ । यस्तै, जापान, हङकङ, थाइल्यान्ड, म्यानमार, मलेसिया, विभिन्न खाडी मुलुकमा पनि फिल्म प्रदर्शन गरिने उनीहरूले जानकारी गराएका छन् ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...