शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

नदी उत्खननको विषयमा प्रहरी र स्थानीयबीच झडप, ७ जना घाइते, राजमार्ग अवरुद्ध

ईश्वर तामाङ
3 weeks ago
19/11/2019

उदयपुर । स्थानीयबासीले ६ दिन अघिबाट बिना कारण सडकमा नियन्त्रणमा लिएर राखेको टिफरलाई जिल्ला ल्याउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि मंगलवार प्रहरीले १० राउण्ड अश्रृग्यास प्रहार गर्दा प्रहरीसहित ७ जना घाइते भएका छन् । प्रहरीले २० वटा टिफर र एउटा स्काइभेटरलाई सुरक्षित स्थानतर्फ लैजाने क्रममा सोमबार राति १ बजेको समयमा विवाद हुँदा अश्रुग्यास प्रयोग गर्नु परेको हो ।

६ दिन अघिदेखि मापदण्ड विपरित नदी जन्य पदार्थ संकलन गरेको आरोपमा लालबजारका स्थानीयहरुले २० वटा टिफर र एउटा स्काइभेटरलाई नियन्त्रणमा लिएको थियो । बिभिन्न चरणको वार्ता र सम्वादबाट विवाद टुंगो नहुँदा रोकि राखेको टिफरलाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो ।

झडपमा नेपाल प्रहरीतर्फ तीन जना, आन्दोलनकारी तर्फ ३ जना र एक जना ट्रक चालक घाइते भएका छन् । नेपाल प्रहरी तर्फ नरबहादुर कार्की, तुलसी कार्की र पदमबहादुर राई घाइते भएका छन् । घाइते प्रहरीमा नर बहादुरको ओठ काटिएको छ, तुलसीको गालाकाटिएको छ भने पदम बहादुरको खुट्टामा चोट लागेको छ । यस्तै चालक गोगेन मण्डलको गद्र्धनमा चोट लागेको छ भने आन्दोलनकारी तर्फ प्रेम अधिकारी सहित ३ जना घाइते भएको छ । यस्तै आन्दोलनकारीले बेलका नगरपालिकाका कानूनी सल्लाहकार सुरेन्द्र बस्नेत माथि पनि हातपात गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए ।

मदन भण्डारी स्मृति लोकमार्गमा कानुन प्रक्रिया पुरा गरी बैधानी रुपमा नदिजन्य पदार्थ उत्खन्नमा बेलका नगरपालिका– ४ लालबजारमा स्थानीयबासीको नाममा रोक लगाएको थियो । बजार क्षेत्रमा धुलो उडाएको भन्दै रोक लगाएको हो । बेलका नगरपालिकाले बातावरण प्रभाव मुल्याङकन (IEE) गरि ठेक्का लगाएको स्थानमा उत्खन्न गर्ने जिम्मा पाएको कम्पनीले बजार क्षेत्रमा धुलो उडाएको भन्दै ६ दिन यता नदि जन्य पदार्थ बोकेको २० वटा टिफर स्थानीयबासीको नाममा लालबजारमा नियन्त्रण लिएर राखेको छन् ।

बेलका नगरपालिका ४ र ६ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट बैधानीक रुपमा उत्खन्न् गरि ल्याउँदै गरेको २० वटा टिपर र एउटा स्काभेटरलाई स्थानीयले लालबजारमा गैरकानुनी रुपमा नियन्त्रणमा लिएको ठेकेदार कम्पनीले जानकारी दिएको छ । नगरपालिकाले बातावरण प्रभाव मुल्याङकन (IEE) सम्झौतामा तोकिए अनुसारै सबै काम भइ रहेको छ,’ नगर प्रमुख दुर्गाकुमार थापाले बताए । स्थानीयको माग के हो बुझिएको छैन, को सँग बार्ता गर्ने पर्ने हो, कसरीको नेतृत्वमा टिफर रोकिएको हो, त्यो पनि भन्न चाहदैनन् । त्यसले गर्दा को सँग बार्ता गर्नु पर्ने माग के हो, त्यो पनि स्पष्ट नभएको नगर प्रमुख थापाको गुनासो छ । अनियन्त्रित भीडमा सुरक्षाका कारण आफू स्थानीयले भने अनुसार खोलामा बार्ता गर्न नसकेको थापाले बताए । ‘हामीले उहाँहरूलाई छलफलका लागि नगरपालिका बोलायौं । उहाँहरू आउनु भएन,’ थापाले भने ।

नगरपालिकाले गत भदौमा बोलपत्र आब्हान गरि बढी मुल्य कबोल गर्ने बीपी कन्स्ट्रक्सन बीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको १० वटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिट्टी लाने भनिएको छ । उत्खन्न हुने खोलाको छेउमा जग्गा हुनेहरुले बिरोध गरेको छैनन् बेलका नगरपालिका– ४ का वडा अध्यक्ष दिपक दंगालले बताए । जग्गा नहुनेहरुले उत्खन्नमा रोक लगाएको हो । विरोधकर्ताहरूले वन क्षेत्रमा उत्खन्न भएको आरोप लगाएका छन् । तर डिभिजन वन कार्यालय गाईघाटका प्रमुख नरेश ठाकुरले नगरपालिकाले ठेक्का लगाएको स्थान र उत्खन्न भएको स्थान वन क्षेत्र नपर्ने भनि बेलका नगरपालिकालाई पत्र पठाएको छ ।

स्थानीयका अनुसार गिद्धेरी खोला, सिसुवा खोला, मुर्ति खोला, जसुदा खोला, बगुन्दा खोला, कासेपा खोला, सेती खोला, धाराखोला र खडारीखोला ३ करोड ५७ लाखमा भदौ २३ गते विबि कन्ट्रक्सनले ठेक्का पारेको थियो । विबि कन्ट्रक्सनले भने चार दिन देखि लोड भएको आफनो २० वटा टिफरको हजना पाउँनु पर्ने दाबी गरेको छ । बैधानीक रुपमा आफुहरुले काम गर्दा पनि बिना कारण टिफर रोकिनुले दैनिक रुपमा आफनो गाडी काम गर्दा पाउने रकम हजना बापत उपलब्ध गराउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

बैधानिक रुपमा करोडौं लगानी गरेर ब्यवसाय गर्दा पनि स्थानीय प्रशासनले सहयोग नगरेको विबि कन्ट्रक्सनका सञ्चालक नारायण कार्कीले गुनासो गरे । लालबजारबाट उत्तरी भेगमा पर्ने महाभारत सामुदायिक वन क्षेत्रमा पर्ने खोलाबाट ढुंगा उत्खनन गर्न दिएको स्थानीयहरुले आरोप लगाएको छ । वार्ताको लागि तीन दिन देखि आउँन आग्रह गर्दा पनि उनीहरु आउँन नमानेको नगर प्रमुख थापाले जानकारी दिए । राजनितिक प्रतिशोधका कारण नगरपालिकालाई असफल बनाउन यस्तो प्रयास गरिएको हो, नगर प्रमुख थापा । समस्यालाई निकास दिन पनि स्थानीय प्रशासनले चासो नदेखाएको नगर प्रमुख थापाको गुनासो रहेको छ ।

जथाभावी ढुंगा उत्खनन गरेकाले टिपर रोकिएको हो, स्थानीय प्रेम अधिकारीले भने, ‘नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौता पत्र मै नदीजन्य पदार्थ उत्खन्न संकलन र ढुवानी गर्दा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र गर्नु पर्ने उल्लेख छ तर टिपरहरूले रातको १२ बजे ढुवानी गरेपछि रोकेको स्थानीयबासीबासीको भनाई रहेको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काका अनुसार स्थानीय तहमै पटक पटक विवादको टुंगो नलाग्दा रोकि राखेको टिफरलाई जिल्ला प्रहरी कार्यालयमा राख्ने र बार्ताको तयारी गर्ने उद्देश्यले टिफर ल्याउने क्रममा प्रहरी माथि आक्रमण भएपछि अश्रुग्यास प्रहार गरेको बताए ।

प्रजिअ खड्काका अनुसार एउटा बिग्रेको टिफरलाई तान्ने क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि अश्रुग्यास प्रहार गर्नु परेको बताए । अर्को एउटा रामपुरबाट बसाहा तर्फ आउँदै गरेको नीजि सवारी साधनमा ढुंगामुढा गरेपछि र अर्को बेलका नगरपालिकाका कानूनी सल्लाहकार बाटोमा हिडि रहेको समयमा आन्दोलनकारीले उनलाई कुटपिट गर्ने क्रममा भिड नियन्त्रण गर्ने समयमा अश्रुग्गास प्रयोग गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार टिफर ल्याउने क्रममा आन्दोलनकारीहरुले प्रहरी माथि घरको छतबाट वियरका बोतल, ढुंगामुढा प्रहार गरेकोले प्रहरी तर्फ तीन जना घाइते हुनुको साथै अन्यलाई पनि चोट पटक लागेको बताए । उनका अनुसार प्रहरीले समयम्ता अपनाएकोले कुनै ठूलो दुर्घटना हुनबाट बचेको छ । सोमबार बेलका नगरपालिका–६ का वडा अध्यक्ष बसन्त मगरको संयोजकत्वमा बनेको वार्ता टोलीमा बार्ता निष्कर्ष बिहिन भएपछि प्रशासनले टिफर ल्याउने क्रममा विवाद हुँदा झडप भएको हो । अहिले पनि स्थानीयहरुले लालबजारमा सडक अवरोध गर्दै नारा जुलुस जारी राखेको छ ।

बेलका नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले आन्दोलनकारीलाई बार्ताको लागि पटक पटक आग्रह गर्दा पनि नमानेको बताए । उनका अनुसार आन्दोलनकारीहरुले ठेक्का नै रद्द गर्नुपर्ने माग गरेपछि वार्ता सफल नभएको बताए । विबि कन्ट्रक्सनले भने ६ दिन देखि लोड भएको आफनो २० वटा टिफरको हजना पाउनु पर्ने दाबी गरेको छ । बैधानीक रुपमा आफुहरुले काम गर्दा पनि बिना कारण टिफर रोकिनुले दैनिक रुपमा आफनो गाडी काम गर्दा पाउने रकम हजना बापत उपलब्ध गराउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

(Visited 40 times, 1 visits today)
Loading comments...