सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

सन्तोष र कालीप्रसादको उदास जवानी

राजधानी समाचारदाता
4 weeks ago
20/11/2019

काठमाडौं। संगीतकार सन्तोष श्रेष्ठ र वरिष्ठ गीतकार कालीप्रसाद रिजालको संयुक्त आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ श्रोतामाझ आएको छ । काठमाडौंमा एक समारोहबीच यी दुईको संयुक्त गीतिसंग्रह ‘उदास जवानी’ विमोचन गरिएको छ ।

वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस, यो गीतिसंग्रहको स्रष्टा गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त विमोचन गरेका हुन् ।

संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कृति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ,’ उनले भने ।

यस्तै, दीपक जंगमले उदास जवानीलाई महŒवपूर्ण कृतिका रूपमा आफूले लिएको बताए । गीतको शब्दसँगै संगीत पनि मिठो भएको उनले जिकिर गरे ।

यस्तै, वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफंैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए ।

एल्बममा पाँचवटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।

संग्रहमा संकलितमध्ये ‘एक्लो उदास जवानी…’ र ‘मै छोरीलाई नै गर्भमा नै…’को भिडियोलाई कार्यक्रममा रिलिज गरियो । यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

‘एक्लो उदास जवानी…’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।

‘मै छोरीलाई गर्भमा नै…’मा निशा देशारको स्वर रहेको छ । सिर्जना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।

एल्वममा ‘एक्लो उदास जवानी…’, ‘मै छोरीलाई गर्भमा नै…’, ‘बाँच्दै नबाँचे पनि…’, ‘मिसिएर दुइटा खोला…’ र ‘सामुन्नेमा उसलाई देख्दा…’ गीत छ । उदास जवानी संग्रह सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो ।

संगीतकार श्रेष्ठ भन्छन, ‘मेरो सबैभन्दा ठूलो उपलब्धि त दर्शक स्रोताको माया हो, त्यससँगै राष्ट्रकवि र शताब्दी पुरुषसँग काम गर्न पाउनुलाई जीवनको महŒवपूर्ण उपलब्धि ठान्छु ।’

 

(Visited 8 times, 1 visits today)
Loading comments...