सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

सलमानले बलिउड भित्र्याएका यी आठ नायिका

एजेन्सी
4 weeks ago
20/11/2019

मुम्बई । बलिउड अभिनेता सलमान खानले बलिउडमा नयाँ कलाकार भित्र्याउन पनि त्यत्तिकै योगदान पु¥याएका छन् । आफूले अभिनय गरेका फिल्ममार्फत विभिन्न कालखण्डमा उनले कैयौं नायिकाहरू बलिउड भित्र्याएका छन् । उनले भित्र्याएका केही नायिका बलिउडमा निकै सफल भए भने केही असफल पनि भए । यसैक्रममा अभिनेता सलमानले आफ्नो फिल्मबाट बलिउड भित्र्या एका आठ मुख्य अभिनेत्रीको यहाँ चर्चा गरिएको छ ।

१. कैटरिना कैफ

बलिउडकी अहिलेकी सफल र चर्चित नायिका कैटरिना कैफलाई सलमान खानले भित्र्याएका हुन् । आफूले अभिनय गरेको फिल्म मैने प्यार क्यु कियामा मुख्य नायिका बनाएर सलमानले कैटरिनालाई बलिउडमा अघि बढाएका हुन् । त्यसअघि कैटरिनाले फिल्म बुममा सहनायिकाको रूपमा काम गरेकी थिइन् । सलमान र कैटरिनाबीच लामो समय प्रेम सम्बन्धसमेत रहे । अहिले उनीहरूबीचको सम्बन्ध सामान्य छ । अभिनेत्री कैटरिनाले पनि आफूलाई बलिउडमा स्थापित गर्न सलमानको महŒवपूर्ण भूमिका रहेको बताउँदै आएकी छन् । त्यसपछि उनले सलमानसँग थुप्रै फिल्ममा नायिका भएर काम गरिन् ।

२. सोनाक्षी सिन्हा

सलमानले बलिउडमा भित्र्याएको अर्को प्रभावशाली नायिका सोनाक्षी सिन्हा हुन् । सन् २०१० मा निर्मित फिल्म दबंगबाट सलमानले सोनाक्षीलाई फिल्ममा ल्याएका हुन् । सोही वर्ष उनले यो फिल्मबाट नवनायिकाको फिल्म फेयर अवार्ड जितेकी थिइन् । त्यसअघि सोनाक्षी मोडल थिइन र फेसन सोको व्यवस्थापन हेर्थिन् । दबंग पछि सलमानसँग सोनाक्षीले दबंग २, दबंग ३ मा काम गरिसकेकी छन् । उनले मिसन मंगल, रोमियो अवसर वाल्टर, कलंकजस्ता थुप्रै फिल्महरूमा मुख्य भूमिका निर्वाह गरिसकेकी छन् ।

३. जरिन खान

सलमान खानले बलिउडमा भित्र्याएको अर्को प्रभावशाली नायिका जरिन खान हुन् । सन २०१० मै फिल्म वीरबाट सलमानले बलिउडमा जरिनलाई ल्याएका हुन् । वीरमा जरिनको काम निकै मन पराइयो । त्यसपछि जरिनले १९२१, अक्सर २, हेट स्टोरी ३ जस्ता विभिन्न फिल्ममा काम गरिसकेकी छन् । सलमान खानले फिल्ममा ल्याए पनि जरिनले त्यसपछि सलमानसँग निरन्तता दिएकी छैनन् ।

४. डेजी शाह

अभिनेत्री डेजी शाहलाई पनि बलिउडमा अभिनेता सलमान खानले नै ल्याएका हुन् । डेजी शाह सुरुका दिनमा नृत्य कलाकार थिइन् । उनी कोरियोग्राफर गणेश आचार्यको सहायकको रूपमा काम गर्थिन् । उनले केही फिल्ममा आइटम डान्स पनि गरेकी थिइन् । त्यसपछि सलमानले डेजीलाई फिल्म जहोमा मुख्य नायिकाको रूपमा उतारे । यो फिल्मले राम्रो व्यापार गरेपछि डेजीले निरन्तर काम पाइन् । त्यसपछि रेस ३, राम रतन, हेट स्टोरी ३ जस्ता थुप्रै फिल्ममा काम गरिसकेकी छन् ।

५. भूमिका चावला

सलमान खानले नायिकाको रूपमा ल्याएको बलिउड कलाकार भूमिका चावला पनि हुन् । सलमानले आफूले अभिनय गरेको फिल्म तेरे नाममा मुख्य नायिकाको रूपमा भूमिकालाई सन् २००३ मा अभिनय गराएका थिए । त्यसपछि भूमिकाले खामोसी, नाम, एम एस धोनीसहित थुप्रै फिल्ममा काम गरिसकेकी छन् । बलिउडमा नायिकाको रूपमा आफू स्थापित हुनेको जस पनि भूमिकाले सलमानलाई नै दिने गरेकी छन् ।

६. हेजल किच

बलिउडकी अर्की अभिनेत्री हेजल किचलाई पनि नायिकाको रूपमा सलमान खानले ल्याएका हुन् । त्यस अघिसम्म उनी पनि मोडलको रूपमा स्थापित थिइन् । मोडलिङमा निकै चर्चा कमाएको बेला हेजललाई सलमानले सन् २०११ मा फिल्म बडिगार्डमा नायिका बनाए । त्यसपछि उनले मेक्सिममलगायत केही फिल्ममा अभिनय गरिन् । भारतीय क्रिकेटर युवराज सिंहसँग विवाह गरेपछि हेजल बलिउडमा छायामा छिन् ।

७. रविना टंडन

बलिउडकी एक समयकी सफल नायिका रविना टंडनलाई पनि नायिकाको रूपमा सलमान खानले नै ल्याएका हुन् । सन्  १९९१ मा मोडलिङ गरिरहेकी रविनासँग भेट भएपछि सलमानले फिल्म खेल्ने प्रस्ताव गरे । सोही वर्ष निर्माण भएको फिल्म पत्थरके फूलमा रविनाले सलमानको नायिकाको रूपमा काम गरिन् । यो फिल्म पनि सफल भएपछि रविनाले दर्जनौं सफल फिल्ममा काम गरिन् ।

८ . स्नेहा उलास

सलमानले बलिउड भित्र्याएका अर्की नायिका स्नेहा उलाल हुन् । सन् २००५ मा सलमानले लकी फिल्मबाट स्नेहालाई बलिउडमा ल्याएका हुन् । त्यसपछि स्नेहाले बेजुवान इस्क, इट्स रकिङ, दर्द ए डिस्को, क्लिकजस्ता थुप्रै फिल्मका काम गरिन् । अभिनेत्री ऐश्वर्या रायसँग आफ्नो सम्बन्ध टुटेपछि ऐश्वर्याजस्तै देखिने स्नेहालाई सलमानले लकी ः नो टाइम फर लभमा नायिका बनाएर बलिउड भित्र्याएका हुन् ।

(Visited 107 times, 1 visits today)
Loading comments...