सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

४ दिनदेखि सम्पर्कबिहिन छोरी खोजी दिन परिवारको आग्रह

हुमाकान्त पोखरेल
4 weeks ago
20/11/2019

गुल्मी । गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कबिहिन भएकी छन् । जिल्लाको इस्मा गाँउपालिका वडा नम्बर ५ रजस्थल जाबुनडाँडा बस्ने १७ बर्षीया पुजा अर्याल सम्पर्कबिहिन भएकी हुन् ।

मंसिर १ गते आइतबार बिहान घरबाट तम्घास जान भन्दै हिँडेकी अर्याल सोही दिन साँझबाट नै सम्पर्कबिहिन भएकी हुन् । छोरी हराएपछि बुबा नारायणले २ गते सोमबार इस्मा प्रहरी चौकी, रजस्थलमा उजुरी समेत दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि फेला परेको जानकारी छैन ।

पुजाले इस्मा गाँउपालिका ४ दोहोलीस्थित रामराज्य माविमा कक्षा १२ पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि परिवारले खोजि गरि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । पुजालाई कसैले भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६,९८६७४९२६३० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

(Visited 49 times, 1 visits today)
Loading comments...