सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

नयाँ मन्त्री छान्न बालुवाटारमा नेकपा बैठक सुरु

राजधानी समाचारदाता
3 weeks ago
20/11/2019

काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनबारे निर्णायक छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नयाँ मन्‍त्रीपरिषद्को टुंगो लगाउने भएको छ । नयाँ मन्त्रीहरुको टुंगो लागेलगत्तै आजै शपथग्रहण गराइने भएको छ ।

मन्त्रीपरिषद पुनर्गठनबारे आज विहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएको थियो । त्यसलगत्तै दुबै जना राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए ।

(Visited 75 times, 1 visits today)
Loading comments...