सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

बस्ती ३४ वर्षको, अधिकार छैन जमिनको

पार्वती पाण्डे
4 weeks ago
20/11/2019

कपिलवस्तु । आफू बस्ने भूमिको स्वामित्व सहितको पूर्जा र शुद्ध खानेपानी कुर्दा कुर्दै कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर २ ईमलीखर्क गाउँकाअधिकांशको जिन्दगानी कट्न थालेको छ । उनीहरु ३४ वर्षदेखि लालपूर्जा विहिनहुदै आएकाछन । लालपूर्जाका लागि विभिन्न निकायमा धाउँदा समेत लालपूर्जा पाउन नसकेको खिमापुनले गूनासो गरिन । लालपूर्जा नहुदा सरकारी सेवासुविधाउपभोग गर्न नपाएको उनको भनाइ छ ।

लालपूर्जा दिलाउने भन्दै चुनावमा भोट मागेर विजयी जनप्रतिनिधिले भने प्रयास गरे पनि कानुनी अडचनका कारण लालपूर्जा दिलाउन समस्या भईरहेको बताएका छन् । बिजनयगर गाउँपालिका २ ईमलीखर्क गाउँमा २०४२ सालतिर बस्ती बसेको थियो । तर, बस्ती बसेको ३४ वर्ष भइ सक्दा समेत उनीहरुले आफु बसेको जमिन र खेती गर्दै आएको जग्गाको लालपूर्जा पाउन नसकेका हुन् ।

जसका कारण उनीहरु सरकारी सेवाबाट बञ्चित हुन परेको छ । लालपूर्जा अभावमा सरकारले विभिन्न क्षेत्रमा दिँदै आएको अनुदान, ऋण सहयोग पाउन नसकेको स्थानीय टिकाराम मगरले बताए । गरिबले अहिलेसम्म लालपूर्जा पाउन नसकेको लालपुर्जा बिहीनहरु भनाई छ । ‘सधँै धनीका मात्र दिन आए हामी गरिबका दिन भने कहिले आएनन्’, उनीहरुको दुखेसो छ । चुनावमा लालपूर्जा उपलब्ध गराई दिने भन्दै नेताहरुले भोट मागे पनि बाचा पुरा नगरेको स्थानीयबासीको बताएका छन् ।

यता, लालपूर्जा दिलाउने भन्दै चुनावमा भोट मागेर विजयी जनप्रतिनिधिले भने लालपूर्जाका लागि प्रयास गरिरहेको भएपनि समस्या भइरहेको बताएका छन् । गाउँपालिका प्रमुख गोपाल थापा मगरले लालपूर्जा दिनको लागि लगत संकलनको काम चलिरहेको भन्दै सरकारको मापदण्ड अनुसार गाउँपालिकाले पहल गर्ने बताए । यस बिषयलाई आफूले गम्भिरताका साथ लिईरहेको बताउँदै आफ्नो कार्यकालभित्र लालपूर्जा सबैको हातमा दिने किसिमले काम गर्ने स्पष्ट पारे ।

बिजयनगर गाउँपालिकामा ४० प्रतिशत सुकुम्बासी रहेको र ३० प्रतिशतको हातमा लालपूर्जा नभएको गाउँपालिका प्रमुख थापाको भनाई छ । लालपूर्जा विहिन नागरिकलाई कानुन सम्वत रुपमा लालपूर्जा दिएर राज्यले प्रदान गर्ने सेवा सुविधा सगै नेपाली नागरिक भएको अनूभूति दिलाउन आफू लागि पर्ने उनको भनाई छ ।

यता शुद्ध खानेपानीको समेत उक्त क्षेत्रमा स्थानियलाई समस्या भएको छ । पर्याप्त पानी नहुँदा खेतीपातीमा समेत असर पर्ने गरेको वडा सदस्य समेत रहेकी रुन्नती पाण्डले बताइन । खानेपानीको पाइपमा पनि पानी निकै कम आउने र शुद्ध पानी नआउँदा स्थानिय समस्यमा परेका छन् । यता यस बिषयबारे गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई राख्दा यसका लागि पनि गाउँपालिकाले पहल गरिरहेको बताए ।

प्रदेश सरकारको एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँपालिकाले आफ्ना कामहरु अगाडि बढाइरहेको बताउँदै अबको २ बर्षभित्रमा सबैको घरमा पानीका घारा पुग्ने गरि काम अघि बढ्ने उनले स्पष्ट पारे ।

(Visited 28 times, 1 visits today)
Loading comments...