सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

रोटरी क्लब अफ पाटन दरबार स्क्वायरद्वारा स्कूलमा शौचालय निमार्ण

राजधानी समाचारदाता
4 weeks ago
20/11/2019

काठमाडौँ । रोटरी क्लब अफ पाटन दरबार स्क्वायरले ललितपुरको ४ वटा सरकारी स्कूलहरुमा शौचालय निमार्ण गरेको छ । जस अन्तर्गत प्रत्येक स्कुलमा ६ वटा शौचालयको निर्माण गरेको हो ।

सो स्कूलका विधार्थीहरुलाई शौचालयको धेरै समस्या रहेको र विषेश गरी महिलाहरुको लागि शौचको बढि समस्या भएकोे हुँदा सो क्लबले स्कूलहरुमा शौचालयको निर्माण गरिदिएको हो ।

शौचालयको हस्तान्तरण रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठबाट गराइएको हो ।

साथै स्कूलका विद्यार्थिहरुलाई दिउँसोको खाजासहित केही शैक्षिक सामाग्री समेत वितरण गरेका थिए ।

सो क्लबले सेरेब्रलपाल्सी नेपाललाई ५ थान व्हिल चेयर पनि उपलब्ध गराएको थियो ।

(Visited 82 times, 1 visits today)
Loading comments...