शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

दोलखामा बस पल्टिँदा ७० बर्षीया महिलाको मृत्यु

दीपशंकर चौलागाई
2 weeks ago
20/11/2019

दोलखा । दोलखाको भीमेश्वर नगरपालका रोकि राखेको यात्रुबाहक बस भएर पल्टिदा एक महिलाको मृत्यु भएको छ ।

भिमेश्वर नगरपालिका ८ चरङगेमा रोकि राखेको बा ३ ख २९९७ नम्बरको बस व्याक भएर पल्टिँदा दोलखाकै बैत्यश्वर गाउँपालिका ३ मिर्गेकी ७० बर्षीय कुमारी तमाङ तमाङको मृत्यु भएको हो ।

गैरिमुदी हुँदै मिर्गे बाट काठमाडौंका लागि हिँडेको बस तेल सकिएपछि रोकेको थियो । रोकी राखेको बस व्याक भएर पल्टिएको प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए ।

बसका चालक र सहचालक तेल लिन सदरमुकाम चरिकोट आएको र बसमा सवार २० जना मध्ये उन्नाईस जना बस बाहिर बसेकाले शकुशल रहेको प्रहरी नायव उपरिक्षक राईले जानकरी दिए । ७० बर्षीय बृद्ध बसमै रहेकोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...