राजधानी समाचारदाता
3 weeks ago
0
काठमाडौं । आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आज बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्रीको टुंगो लगाउन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको हो । नेकपा सचिवालय बैठकले आज नयाँ मन्त्रीहरुको टुंगो लगाउने र आजै सपथ गराउने तयारी गरेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको र भोलि पुनः सचिवालय बैठक बस्ने बताए ।
उता, पूर्वमाओवादीको कोटाबाट मन्त्री बन्ने दुई नामको भने टुंगो लागेको छ । लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दाबी छ ।