स्थायी शान्तिका लागि राजा आवश्यक छ : पूर्वमन्त्री बोहरा

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्रका नेता दिपक बोहराले स्थायी शान्तिका लागि राजा आवश्यक भएको बताएका छन् ।
रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा नेता बोहराले नेपालको संविधानमा विशेष व्यवस्था गरेर राजा सहितको संघिय लोकतन्त्रिक व्यवस्था गर्नु पर्ने बताए । जनतमतसंग्रह नगरेर विदेशीको पैसाको बलमा राजालाई हटाइएको भन्दै जनमतसंग्रह मार्फत हिन्दुराज्य र राजसंस्थाको बारेमा टुङ्गो लगाउनु पर्ने उनको जोड थियो ।
पूर्वमन्त्री समेत रहेका बोहराले वर्तमान सरकारले सबै दलको सहयोग हुँदाहुदै देशको सिमानाको बिषयमा भारत सरकारसंग औपचारिक रुपमा बोल्न नसकेको बताए । देश र जनताले गरेको अपेक्षा सरकारले पुरा गर्न नसकेको बताउँदै नेता बोहराले भ्रष्ट्रचार र धर्म परिवर्तनलाई सरकारले रोक्न नसकेको बताए । ‘धर्म प्रचारका नाममा हाम्रो संकृति मास्ने काम भइरहेको छ,’ नेता बोहराले भने –‘ गाउँका गाउँ हुने धर्म परिवर्तनलाई रोक्न नसके यसले पछि गएर धर्म युद्ध निम्त्याउछ ।’
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको बताए । देशको राष्ट्रियता जोगाउन राप्रपाको बिकल्प नभएको बताउँदै सांसद लिङदेनले दुई तिहाईको सरकालाई सही बोटोमा अघि बढाउन यस क्षेत्रबाट राप्रपलाई जिताउन आश्यक रहेको बताए । कार्यक्रममा राप्रपाबाट प्रदेश सभा सदस्यका उमेदवार भुपाल रावतले पनि पछिल्लो समय राप्रपाको पक्षम माहोल बन्दै गएको दबी गरे । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब दाङका महासचिव बिमल गौतमले गरेका थिए ।