सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

विकट गाउँमा साढे १६ सयको आँखाको उपचार

हुमाकान्त पोखरेल
3 weeks ago
21/11/2019

गुल्मी । आठ बर्षमा गाउँघर फेरिएछ । मालिका गाउँपालिकाकी मनीलाई पत्तै थिएन् । झण्डै एक दशक अध्याँरो जीवन बित्यो । आइतबार आँफ्नै आँखाले गाउँ चिहाइन् । सवै फेरिएको देखिन् । आँखाबाट खुसीका आँसु बर्सिए । मनी रुँदा धेरै भक्कानिए । चार पाउ टेकेर चर्पी पुग्ने त्यो बिगत । डाँडापारीको घाम जस्तै भएकी मनीलाई आँखा देख्ने कल्पनानै थिएन् । मालिका गाउँपालिका ४ अर्खबाङ्गकी घर्ति आठ बर्षदेखि पूर्ण दृष्टि बिहिन थिइन् । अहिले ८८ बर्षकी भइन् । गाउँपालिकाले घर छेउँमै निशुल्क आँखा अप्रेशन शिविर राख्यो । मनि त्यहि पुगेर अप्रेशन गरिन् । एउटा आँखाले देखेपछि मंगलबार अर्को आँखाको पनि अप्रेशन गरिन । अहिले दुवै आँखाले स्वस्थ छन् । अहिले आफै चर्पी पुग्ने, पिँढीमा बसेर पारीका सडक र हिमाल पहाड हेरेर खुसी हुन थालेको बुहारी खुमकुमारी घर्तिले बताइन् ।

अब बोल्दैनन तर देख्छन्
मालिका गाउँपालिका ५ छापहिलेका मैते परिवार बोन्दै बोल्दैनन् । श्रमती मैति परियार पनि राम्रोसंग बोल्दैनन् । हात र खुट्टामा समेत समस्या छ । त्यो माथी दुवै जनालाई चार बर्षदेखि आँखाको रोगले च्याप्यो । आँखाको समस्या बढ्दै गएपछि परिवारको जीविकोपार्जनमा मुस्किल पथ्र्यो । अहिले दुवै जनाले आँखाको अप्रेशन गरेर देख्ने भए । अब देख्ने भए तर बोल्दैनन् । मालिकाका गाउँपालिका ५ छापहिलेका ७८ बर्षीय नरु गिरी २ बर्षदेखि पुर्ण दृष्टिबिहिन थिए । अप्रेशनपछि आँखा देखे । गाउँघरमै निशुल्क उपचार । त्यसमाथी निशुल्क यातयात सुविधा । सवै जना निकै खुसी भएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

बिरामी लिन घरमै गाडी
उपचार र यातयात खर्चको अभावमा कति बिमारले ओछ्यानमै थला परेका छन् । बिरामी ल्याउन घरै पुगेका उदाहरण बिरलै छन् । तर मालिका गाउँपालिका आँखाका बिरामी खोज्दै घर पुग्यो । जसका कारण नागरिकले गाउँको सिंह दरवारको बल्ल महसुस गरे । मालिका गाउँपालिका १ नेटाका ९२ बर्षीय दुर्जमान पुन १० बर्षदेखि मोतिया बिन्दुको समस्याले ग्रसित थिए ।

अहिलेसम्म उपचारको कुनै विकल्प खोजनन् । बुढेशकालमा निकै दुख पाए । संयोग गाउँपालिकाले घर छेउमा निशुल्क आँखा उपचार शिविर संचालन ग¥यो । पुन त्यहाँ पुगे । डाक्टरले अप्रेशन गर्ने सुझाव दिए । गाउँपालिकाले पुनलाई लिन घरमा गाडी पुरायो । मंगलबार एउटा आँखाको अप्रेशन गरे । अर्को गर्न मानेनन् । ‘१० बर्षदेखि उज्यालो देख्न पाइएन, मर्ने बेलामा एउटा आँखा भए पुग्यो’ उनले भने, ‘गाउँमै आएर आँखा दिए ।’
मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सवै मोतियाबिन्दुको समस्या भएकाहरुको उपचार गर्ने लक्ष्य राखेको छ । जसका लागि गत बर्षदेखि गाउँगाउँमा व्यापक रुपमा निशुल्क आँखा उपचार शिविर र गाउँपालिकामा अप्रेशन गरिएको छ । आफुहरुले मोतियाबिन्दुको पहिचान गरेका केहि व्यक्ति पनि अप्रेशन गर्न नआएर केहि बाँकी रहेको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए । मोतियाबिन्दुको कारण अध्याँरोमा कोहि बस्नु नपरोस भनेर उपचार र यातयात समेत निुशल्क गरिएको थापाले बताए । ‘बिपन्नता र जनचेतनाको अभावमा बर्षौ अन्धकारमा बसेकाहरुलाई उज्यालो दिन सकेका छौ, उनले भने ।

गाउँपालिकाका सवै गाउँमा शिविर
मालिका गाउँपालिकाले दुई बर्षमा सवै वडामा निशुल्क आँखाको उपचार शिविर पु¥याएको छ । गाउँमा उपचार शिविर गरेर मोतियाबिन्दुको पहिचान गर्ने र गाउँपालिकामा ल्याएर अप्रेशन गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले गत बर्ष र अहिले १६ सय ४३ जनाको आँखाको जाँच तथा एक सय १७ जनाको मोतियाबिन्दुको अप्रेशन र चश्मा वितरण गरिएको जानकारी दिए ।

कार्तिक महिनामा मालिका गाउँपालिकाका वडा नं १, ३, ५ र ६ मा गरेर आठ सय ४३ जनाको आँखाको जाँच गरिएको थियो । त्यसमध्ये ९८ जनामा मोतियाबिन्दुको समस्या पत्ता लाग्यो । मंसिर २ र ३ गते ७१ जनाको अप्रेशन र एक सय ६० जनाको आँखाको जाँच गरिएको भण्डारीले बताए । अहिलेसम्म नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गुल्मीले प्राविधीक रुपमा सहयोग गर्दै आएको छ । शिविरमा लुम्बिनी रण अम्बिका शाहा आखा अस्पताल भैरहवाका डाक्टर अमृत बास्कोटा र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गुल्मीका सुर्य बहादुर बस्नेतले बिरामीहरुको आँखाको उप्रेशन गरेको स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

(Visited 23 times, 1 visits today)
Loading comments...