शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

थुनामा पठाउने आदेशविरुद्ध महरा उच्च अदालतमा

राजधानी समाचारदाता
2 weeks ago
21/11/2019

काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको भन्दै जिल्ला अदालत काठमाडौंले कारागार चलान गर्ने आदेशविरुद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

फौजदारी कार्यविधि संहिंता २०७४ को ७३ मा पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सकिने व्यवस्थाबमोजिम महराले उच्च अदालतमा निवेदन दर्ता गराएको उनका वकिल मुरारी सापकोटाले जानकारी दिए । फौजदारी कार्यविधिको ७३ मा थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । सोही दफाअनुसार महरा तल्लो तहको अदालतको आदेश मिलेको नदेखिएको भन्दै जिल्ला अदालतको आदेश बदरको माग गर्दै निवदेन दर्ता गराएका हुन् ।

२५ दिनको अनुसन्धानपछि कारागार चलान भएका महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए । महरालाई पक्राउ गरेको २५ दिनपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही प्रतिवेदनको आधर मानेर जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

(Visited 34 times, 1 visits today)
Loading comments...