आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

निजामती सेवाका समस्या समाधान गर्ने सामान्य प्रशासनमन्त्रीको प्रतिबद्धता 

राजधानी समाचारदाता
3 weeks ago
22/11/2019

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवाका व्यक्तिगत र संरचनागत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेकाले आफ्नो कार्यकाल निजामती क्षेत्रका समस्या समाधानका प्राथमिकता दिने बताए ।

उनले हालेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको बताउँदै त्यसलाई सच्याउनुपर्ने महसुस आफूले गरेको बताए । ‘एउटा नीतिगत समस्या हो, अर्को संरचनागत समस्या,’ मन्त्री त्रिपाठीले भने, ‘हामीले व्यक्तिलाई दोषी देख्ने गर्छौं । तर, हाम्रो निजामती सेवाको संरचना नै कमजोर छ,’ मन्त्री त्रिपाठीले भने ।

उनले संघीय निजामती सेवा ऐन छिटो जारी गर्ने र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या गरिने बताए । स्थानीय तह, प्रदेश र संघबीचको अन्तरसम्बन्धलाई बलियो बनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेकोतर्फ समेत उनको जोड थियो ।

(Visited 45 times, 1 visits today)
Loading comments...