आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

डेब्युको तयारीमा शाहरुख खान

एजेन्सी
3 weeks ago
22/11/2019

मुम्बई । शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्न लागेको चर्चा चलेको केही वर्ष भयो । कतिपयले शाहरुखकी छोरीको डेब्यु सन्दर्भलाई गसिपका रुपमा पनि बुझेका छन् ।

उनले अभिनय गरेको पहिलो सर्ट फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’ रिलिज भएपछि भने उनको डेब्यु पक्का भएको अनुमान गर्न थालिएको छ । उनले यहि फिल्मवाट अभिनयको परिचय पनि दिएकी छिन् ।

१० मिनेटको उक्त फिल्ममा उनले सुहानाले निकै राम्रो अभिनय गरेकी छन् । केही दिन अघि सुहानाले न्युयोर्क फिल्म एकेडमीममा अभिनय सिक्दै गरेको तस्विर भाइरल भएको थियो । उक्त तस्विरमा सुहानाले डान्स गरेकी थिइन् । केही समय अघि अभिनेत्री शबाना आज्मीले पनि सुहानाको अभिनयको तारिफ गरेकी थिइन् ।

(Visited 40 times, 1 visits today)
Loading comments...