सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

उपनिर्वाचन : घरदैलोमा उम्मेद्वार नाच्दै, भोट माग्दै कार्यकर्ता

भविन कार्की
3 weeks ago
22/11/2019

संखुवासभा । मंसिर १४ को उपविर्वाचन नजिकिँदै जाँदा दलका उम्मेद्धवार भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन्। उम्मेद्धवार आ–आफ्नो चुनावी एजेण्डा लिएर जनता गाउँ बस्तीमा भोट माग्दै घरदैलो गरिरहेका छन् ।

संखुवासभाका रिक्त मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी –३ को वडा अध्यक्ष पदका लागि दलहरुको उम्मेदवारहरू चुनावी मैदानमा आफ्नो प्रचार–प्रसार र घरदैलो अभियानसँगै मतदाता खाफ्नो पक्षमा पार्न लागि परेका छन् ।

दलका उम्मेद्धबार मतदातासँग भोट माग्दै मतदाताको आशीर्वाद लिदै घर घर पुग्ने गराका छन् । संखुवासभामा सत्तारुढ नेकपा र कांग्रेस बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा सत्तारुढ दल नेकपाबाट तेज बहादुर पोख्रेल र कांग्रेसबाट विमन पराजुलीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अन्य साना दलहरू समाजवादी पार्टीका उम्मेदवार नुर्ब शेर्पा पूर्व कांग्रेस कार्यकता हुन् ।

कांग्रेस कार्यकता शेर्पा समाजवादी पाटीका प्रवेश गरेका कारण नेकपाले सहजै आफ्नो पक्षमा नतिजा आउन नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले बताए । नेकपा मकालु गाउँपालिका अध्यक्ष उम्मेदवार स्वर्गीय खड्ग कटुवालका उठाएका अधुरा सपना तथा योजना पुरा गर्नमा ढुक्क हुन मतदातालाई आग्रह गरे ।

मकालु गाउँपालिका त्कालिन एमाले खड्ग कटुवालले जितेका थिए। पूर्व एमाले र पूर्व माओवादीको भोट संख्या कांग्रेसको भन्दा दुई हजार भन्दा बढी भएका कारण सहजै आफ्नो पक्षमा चुनाव आउन त्यसै क्षेत्रबाट निर्वाचित नेकपाका सांसद पूर्ण प्रसाद राईले बताए । दुई प्रदेश सभा र एक संघीय सांसद नेकपाले नै जितेको छ ।

आफ्नो पक्षका उम्मेदवारलाई चुनावमा विजयी बनाउन नेकपाका केन्द्रीय नेता कार्यकता र जिललाका आधा दर्जन सांसद र पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय विधान समितीका सभापति पशुमेघी गुरुङ सहितको टोली टोल टोलमा पुगेर नाच्दै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

कांग्रेस पनि आफ्नो साँख पर्काउन पक्षमा छ यो भन्दा अघिल्लो चुनाव कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जितेका थिए। उनीहरु यो पुरानो साँख फर्काउन मत माग्दै घर घर पुगिरहेको कांग्रेसका जिल्ला सभापति दिपन कुमार श्रेष्ठले बताए । कांग्रेसका उम्मेदवार विमनले भने आफु विजयी भए मकालु गाउँपालिका स्थानिय सरकारले जनताको ढाड सक्ने काम गरेकाले आफु आएपछि मकालुमा वृद्धि गरेका अन्य विभिन्न क्षेत्रका लगाएका करको दर घटाउने आश्वासन दिँदै मत माग्दै छन् ।

उता खाँलबारी –३ नेकपाका उम्मेदवार भरत घिमिरेले आफू निवार्चित भएर गएपछि पहिलो प्राथमिकता स्वर्गीय तोयानाथ ढुङगनाको अधुरा सपना परा गर्न बताए । उनले भने आफु विजयी भए घर घरमा सडक र विद्युत् विस्तार गर्न प्रशिलो प्राथमिकता राखेको बताए । उनले मतदाताका घर घर पुगेर अलपत्र पारेका वडा भित्रका आयोजना पुरा गर्न दाबी गरे । उम्मेदवारहरु आ–आफ्नो एजेन्डा लिएर विद्यार्थी, शिक्षक, व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारीका घरमै पुगेर मत मागि रहेका छन् ।

मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी–३ मा १८ सय ३० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल जिप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो । खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो । निर्वाचित दवै अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका हुन् । गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचनमा समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, संघीय लोकतान्त्रीक मञ्च लगायताका साना सात दलबाट समेत उम्मेदवारी दर्ता गरेका छन् ।

(Visited 38 times, 1 visits today)
Loading comments...