आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

पौडिवाज गौरिकालाई हौस्याउन बन्यो गीत

राजधानी समाचारदाता
3 weeks ago
22/11/2019

 

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं आठौं संस्मरणमा नेपालले आशा गरेकी एक खेलाडी हुन् गौरिका सिंह । यी चर्चित पौडीबाजलाई हौसला दिन एउटा गीत बनाइएको छ ।

‘हिप हिप हुर्रे गौरिका…’ बोलको गीत सर्लाहीकी किशोरी तिलस्मी खड्काले गाएकी हुन् । गोल्डेनगेट कलेजमा कक्षा १२ को पढाई सिध्याएकी तिलस्मीले आफ्नो बुवा योगाज खड्काको प्रेरणामा यो गीत गाएको बताइन् ।

‘आफ्नै उमेरको खेलाडीलाई प्रोत्साहन दिएर गीत गाउन पाउँदा एकदमै खुशी छु । सागमा उहाँले राम्रो गर्नुभयो भने मेरो गीतले पनि सार्थकता पाउनेछ,’ तिलस्मीले भनिन् ।
सर्लाही, हरिवनकी तिलस्मीलाई उनका पिता योगाज खड्काले संगीतमा लाग्न प्रेरणा दिइरहेका छन् । गौरिकाको गीत योगाजले नै लेखेका र संगीत दिएका हुन् ।

योगाज भन्छन्, ‘धेरै बाबुआमा आफ्ना छोराछोरीलाई कला–संगीतमा लगाउन चाहँदैनन् । तर म आफ्नी छोरीलाई गायन क्षेत्रमा नाम कमाएको हेर्न चाहन्छु । त्यसका लागि सक्दो साथ र सहयोग दिने छु ।’

तिलस्मी पनि यो गीतलाई लिएर निकै उत्साहित छिन् । ‘टाइमिङ’ सही भएकाले गीतले आफूलाई चिनाउन सक्ने उनको विश्वास छ ।

हाइलाइट्स नेपालको च्यानलबाट अपलोड गरिएको यो गीतको म्युजिक भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी बद्री विष्टको रहेको छ । गौरिकाले खेलेका राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिताका क्लिप्सहरु समावेश गरेर म्युजिक भिडियो तयार गरिएको छ ।

यसपालीको राष्ट्रिय खेलकुदमा गौरिकाले किर्तिमानी १२ स्वर्ण जितेकी थियन् । १३ अाै सागमा भाग लिन आगामी २ डिसेम्बरमा उनी नेपाल आउँदैछिन् ।

(Visited 198 times, 1 visits today)
Loading comments...