आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

अष्ट्रेलियाका आगलागी पिडितलाई नेपालीले गरे आर्थिक सहयोग

राजन घिमिरे
3 weeks ago
22/11/2019

सिड्नी । हातमा हात र साथमा साथ मिलाउने कार्यमा प्रबासमा रहेका नेपालाहरूले कुनै कसर बाँकी राखेका छैनन् । अरूलाई परेको दुखलाई आफ्नै दुख सम्झिएर अस्ट्रेलियाका नेपालीले अग्नि पीडितलाई २० हजार डलर सहयोग गरेका छन् ।अस्ट्रेलियाको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले उक्त रकम संकलन गरेका थिए । शुक्रबार एक कार्यक्रमबीच गैर आबासीय नेपाली संघ अष्ट्रेलियाले न्यु साउथ वेल्सको अग्नी सर्भिसलाई उक्त रकम सहयोग गरेका हुन ।

अष्ट्रेलियाको विभिन्न जंगलमा लागेको आगोको प्रभाबबाट पीडित भएकाहरुलाई थोरै भएपनि राहत पुगोस भनी (एनआरएनए) अस्ट्रेलियाको सहयोगमा जुटेको सहयोगार्थ अभियानबाट उठेको २० हजार डलर सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो । गैरआवासीय नेपाली संघले रकम संकलन सुरु गरेको थियो भने यो अभियानमा ३ सय ६५ जनाले सहयोग गरेको जानकारी दिइयो ।

एनआरएन अस्ट्रेलीयाले शुरुवात गरेको “गो फन्ड मी” मार्फत सङ्कलीत रकम बिस हजार डलर न्यु साउथ वेल्स रुरल फायर सर्भिसका प्रमुख सेन फिच्सिमोन्सलाई बुझाएको हो ।रकम सहयोग प्राप्त गरेपछि रुरल फायर सर्भिसका कमिश्नर स्यान फिट्सीमोनसलेअष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरूको खुलेर तारिफ गरेका थिए ।

गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष मन केसी र एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल लगायतको टीमले एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेको थियो । रकÞम सहयोग हस्तान्तरण समारोहमा सन्ध्या शाह,इरसाद अहमद,अनिल पोखरेल, डिला खरेल र कोमल राज पाठक लगायत सामाजिक अभियन्ताहरूको उपस्थिति थियो ।

(Visited 108 times, 1 visits today)
Loading comments...