बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

प्राधिकरणमा ६५ प्रतिशत खर्च : यसरी जुटेको थियो एक अर्ब ३८ करोड

टेनिस रोका
2 months ago
26/11/2019

काठमाडौं । भूकम्पपछिको पूर्वाधार विकास, निजी आवास, शैक्षिक संस्था, सरकारी भवन, पुराताŒिवक तथा ऐतिहासिक सम्पदालगायतको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत आर्थिक वर्षमा ६५ प्रतिशत मात्र खर्च गरेको छ ।

नेपाल सरकार तथा विभिन्न दातृ निकायमार्फत आर्थिक वर्षका लागि १ खर्ब ३८ अर्ब ४२ करोड बजेट रहेको थियो । जसमा ८९ अर्ब ३५ करोड ६ लाख खर्च भएको छ । प्राधिकरणका अनुसार ४९ अर्ब ६९ लाख खर्च हुन सकेको छैन ।

प्राधिकरणले भने ६५ प्रतिशत खर्चलाई सन्तोषजनक मानेको छ । ‘हामीले ठूलो मात्रामा खर्च गर्ने भनेको निजी आवासमा हो, कतिपय बहुवर्षीय आयोजनामा आगामी वर्ष खर्च देखिन्छ, यसरी हेर्दा यो खर्च पुनर्निर्माणको हकमा सन्तोषजनक नै हो,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले राजधानीसँग भने ।

प्राधिकरणको आर्थिक वर्षको वित्तीय प्रगति विवरणअनुसार नेपाल सरकारले ७२ अर्ब २४ करोड विनियोजन गरेकोमा ८१ प्रतिशत खर्च भएको छ । जसमा ५८ अर्ब ७ करोड २१ लाख खर्च भएको थियो ।

एसियन डेभलपमेन्ट बैंक (एडीबी)को अनुदानतर्फ शोधभर्नाबापत ५० करोडमा २८ करोड २ लाख अर्थात् ५६ प्रतिशत खर्च भएको छ ।

एडीबीकै प्रत्यक्ष ऋणबापतको ८८ करोड ९ लाखमध्ये ५३ करोड ८ लाख खर्च भएको छ । एबीडीको ऋणतर्फ ११ अर्ब ६५ करोड ८ लाखमा ८ अर्ब ६६ करोड ३ लाख खर्च भएको छ ।

जेएफपीआरतर्फको प्रत्यक्ष अनुदानको १० करोडमध्ये ९० करोड खर्च भएको छ । शोधभर्नातर्फ अनुदानको ५३ करोडमा ४४ करोड ८ लाख खर्च भएको छ ।

आईडीएतर्फको शोधभर्ना ऋणतर्फ २५ अर्ब ७४ करोड ५ लाखमा १२ अर्ब ६३ करोड २ लाख खर्च भएको छ ।

विश्व बैंकको ट्रस्ट फन्डतर्फको शोधभर्ना अनुदानको १४ करोड ९ लाख खर्च भएको छैन । त्यस्तै, भारतको नगद अनुदानतर्फको १ अर्ब ४० करोड ८ लाख पनि खर्च भएको छैन । भारतको प्रत्यक्ष अनुदानतर्फको ८० लाख पनि खर्च भएको छैन । भारतको अनुदान शोधभर्नातर्फ १० अर्ब ४८ लाखमा ३७ करोड ८ लाख अर्थात् ४ प्रतिशत खर्च भएको छ ।

भारतको एक्जिम बैंकको प्रत्यक्ष भुक्तानी ऋणतर्फ २ अर्ब ७१ करोड पनि खर्च भएको छैन । जापानी नियोग जाइकाको प्रत्यक्ष भुक्तानी ऋणतर्फ १४ करोडमा ८६ लाख खर्च भएको छ ।

जाइकाको शोधभर्ना ऋणतर्फ १२ अर्ब ७२ लाखमा ७ अर्ब ५९ करोड ९ लाख र्च भएको छ । जापान केआर टुको नगद अनुदानतर्फको ३३ करोड भने खर्च हुन बाँकी छ ।

 

 

(Visited 32 times, 1 visits today)
Loading comments...