आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

ट्रेड युनियन कांग्रेसले भन्यो न्यूनतम पारिश्रमिक लागू गर

राजधानी समाचारदाता
3 weeks ago
26/11/2019

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम ज्याला र पारिश्रमिक सबै क्षेत्रमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

ट्रेड युनियन कांग्रेसको यही ५ र ६ मंसिरमा सम्पन्न राष्ट्रिय परिषद् भेलाले गरेका निर्णय सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पुष्कर आचार्यले न्यूनतम ज्याला र पारिश्रमिक सबै क्षेत्रमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन् ।

अध्यक्ष आचार्यले राष्ट्रिय संवैधानिक श्रम आयोग गठन गर्ने प्रस्तावसमेत भेलाले अघि सारेको जानकारी दिए । यसैगरी, सामजिक सुरक्षाका सवालमा समेत कामभन्दा हल्ला बढी भइरहेको भन्दै ट्रेड युनियन कांग्रेसले कामबाट मजदुरको मन जित्नुपर्ने बताएको छ ।

यसैगरी, सरकार बनेयताको समयलाई संस्थागत रूपमा भ्रष्टाचार मौलाएको, महँगीले आमश्रमजीवी वर्ग मारमा परेको, हत्या, हिंसा र बलात्कारका घटना बढेको ठहरसमेत ट्रेड युनियन कांग्रेसको छ ।

यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका स्थानमा अतिक्रमित नेपाली भूमि फिर्ता गर्न कूटनीतिक प्रयास गर्न सरकारलाई ट्रेड युनियन कांग्रेसले माग गरेको छ ।

 

(Visited 278 times, 1 visits today)
Loading comments...