आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सबिन राई अष्ट्रेलियाको सांगितिक कार्यक्रममा आउँदै

राजधानी समाचारदाता
2 weeks ago
28/11/2019

सिड्नी । युवा पुस्तामाझ निकै लोकप्रिय मानिन्छन् गायक सबिन राई । उनी नेपाली सांगितिक क्षेत्रमा नेपाली ब्राइण्ड एडमको उपनामले पनि चिनिन्छन् । युवा पुस्ताका यिनै लोकप्रिय, यिनै गायक फेरि एकपटक अष्ट्रेलियाको सांगितिक कार्यक्रममा आउने भएका छन् ।

कार्यक्रममा सबिन राई र फराओ ब्याण्डका साथमा ब्रिजेश श्रेष्ठ र बिओनको पनि धमाकेदार प्रस्तुतीहरू समेटिने छन् ।

ऐतिहासिक लाइब नाम दिइएको यो सांगितिक यात्राको ब्यवस्थापन नेप्लिज स्क्वाड इन्टरटेनमेन्टका गगन शर्माले गरेका हुन् । उनका अनुसार कार्यक्रममा अरू चर्चित सांगितिक ब्याण्डहरू हाइपर ब्याण्ड, पर्सेप्सन ब्याण्ड र श्रब्य ब्याण्ड सहित अष्ट्रेलियामा नै रहेका कलाकारहरू ओमकृष्ण श्रेष्ठ, मेघना ज्ञवाली र आयुष कार्कीले आफ्ना सांगितीक प्रस्तुतिहरू प्रस्तुत गर्ने छन् ।

यी चर्चित ब्याण्हरूलाई नेपालदेखि अष्ट्रेलियासम्म ल्याउने भिसा पार्टनरका रूपमा भने एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेसले भिसा पार्टनरका रूपमा आफ्नो सहभागिका जनाएको छ । अंग्रेज़ी नयां बर्षको आगमनको पूर्ब सन्ध्यालाई ध्यानमा राखेर गर्न लागिएको यो कार्यक्रम निकै भब्य र सभ्य हुने दाबी गरिएको छ ।

कार्यक्रम सिड्नीको मुटु डार्लिंग हार्बर नजिक रहेको होम द भेन्यूमा ६ डिसेम्बर शुक्रबारका दिन हुने छ । ‘यो ऐतिहासिक कार्यक्रम त छुटाउंनै हुन्न । म त अरूलाई पनि कार्यक्रममा आएर मनोरन्जन लिन आग्रह गर्दछु’, मोडल एबं नेपाली गीत संगीतप्रेमी अनुजा शर्माले भने ।

यो कार्यक्रम अष्ट्रेलियाको तासमनियामा भैसकेको छ भने सिड्नीपछी मेलबर्न र ब्रिसबेनमा यो कार्यक्रमको आयोजना हुने जानकारी दिइएको छ । यसअघि अष्ट्रेलियामा होली मेला २०१७ र नेपाल म्यूजिक फेस्टिबल कार्यक्रमको भब्य आयोजना गरेर कार्यक्रम आयोजक नेप्लिज स्क्वाड इन्टरटेनमेन्टले आफूलाई अष्ट्रेलियामा रहनु भएका नेपालीहरू माझ राम्रैसंग स्थापित गराइसकेको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...