शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

अडियाे क्यासेटले बनेकाे हरिबंश आचार्यकाे त्याे घर

राजधानी समाचारदाता
2 months ago
29/11/2019

काठमाडौं । काठमाडौं घट्टे कुलामा चाइनिज इट्टाले बनेको दुई घर थियो कलाकार हरिबंश आचार्यको । आफ्नै कमाईमा दुईटा घर किनेका आचार्यलाई लाग्छ ‘मेरो त्यो घर इट्टाले हैन अडियो क्यासेटले बनेको हो ।’

बिहीवार राजधानीमा आयोजित गायिका आस्था राउतको गीत एल्बम समारोहमा बिगत सम्झँदै उनले भने ‘अहिले प्रविधीले गायक गायिकालाई धेरै सजिलो बनाइदिएको छ ।’
पञ्चायतको उत्तरार्धमा मह जोडीद्धारा उत्पादित हाँस्य ब्याङ्ग क्यासेटको बजार निकै गरम थियो । ति दिन सम्झदै हरिबंशले भने ‘मदन दाई र म रातभरी रेकर्ड गथ्र्यौ रातभरिमा ४ वटा क्यासेट निस्कन्थ्यो ।’

महजोडी तिनै क्यासेट टेम्पुमा राख्थे र पसलमा पु¥याउथे । सुरु सुरुमा कतिपयले क्यासेट लिन मानेनन् पनि । जब महजोडीको क्यासेटको चर्चा चुलिन थाल्यो बजारमा माग हरेक दिन बढ्न थाल्यो । यति सम्म कि एक समय महजोडीको अडियो क्यासेट भएको घर प्रतिष्ठित घरको सूचीमा दरिन्थ्यो ।

अहिले अडियो क्यासेट एकादेशको कथा बन्न पुगेको छ । अडियो क्यासेट बजाउने प्लेयर समेत धेरैको घरमा छैन । पछिल्लो प्रविधी युट्युबले हातहातै भिडियो हेर्ने सुविधा उपलब्ध गराएकोमा मख्ख छन् आचार्य ‘यदि युट्युब नभएको भए धेरै दर्शकले मलाई र मदन दाईलाई बिर्सिसक्नु हुन्थ्यो होला ।’

(Visited 51 times, 1 visits today)
Loading comments...