बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को घोषणा

राजधानी समाचारदाता
2 months ago
29/11/2019

काठमाडौं । पर्यटकिय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको कुनै पनि महत्वपूर्ण स्थानको भिडियो प्रतिस्पर्धा हुने भएको छ । वी विल राईज फाउण्डेशनले पहिलो पटक कार्यक्रम सफल आयोजना गरेपछि पुन : सोही कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो गाउँठाउँको भिडियो पठाउन सक्नेछन् भने सर्वोत्कृष्ट हुनेले नगद पाँच लाख पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा जोसुकैले पनि भिडियो पठाउन सक्नेछन् । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन पनि यो कार्यक्रम महत्वपूर्ण हुने आयोजक संस्थाको भनाई रहेको छ ।

संस्थाद्धारा शुक्रवार राजधानीमा अायाेजित कार्यक्रममा  ‘मेरो गाउँ मेरो ठाउँ’ शीर्षकमा गतवर्ष सात प्रदेशवाट १ सय ३२ भिडियो सहभागी भएकाे जानकारी दिइएकाे थियाे । कार्यक्रममा संस्थाका  अप्रेशन डाइरेक्टर अनुप  के बरालले   १० विधागत आवर्डका लागि भएको उक्त प्रतियोगितामा ४७ भिडियो अन्तिम प्रतिस्पर्धामा छनौट भएको जानकारी दिए ।

आउदो वर्षका लागि डिसेम्बर १ देखी मार्च ९ सम्म जोसुकैले भिडियो पठाउन सक्नेछन् । सहभागी भिडियोको गुणस्तर न्युनतम फूल एचडी (१९२०ह्१०८०) पिक्सेलको र समय बढीमा पाँच मिनेटको हुनुपर्ने छ ।

प्रतियोगीले फाउण्डेशनको वेबसाइटमा रजिष्टे«सन फर्म भरी गुगल ड्राइभवाट भिडियो पठाउन सक्नेछन् । छनौटमा परेका १० उत्कृष्ठ भिडियोले नगद पुरस्कार पाउनेछन् । बेष्ट भिडियो अफ द इयर पाँच लाख, पब्लिक च्वाइस अवार्ड तीन लाख, बेष्ट डिरेक्टर तीन लाख र अन्य विभिन्न विधामा एक लाख पुरस्कार व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

(Visited 76 times, 2 visits today)
Loading comments...