आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

ओभरटेक गरेको निहुँमा कुटेर युवकको हत्या

सुरेश पन्त
2 weeks ago
29/11/2019

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरैयामा बिहीबार बिहान महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक पन्तको हत्यामा संलग्नलाई ४ जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

चारजनाले मोटरसाइकल ओभरटेक गरेको निहुँमा पन्तलाई कुटपिट गरी हत्या गरेका थिए । बिहीबार बिहान पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेको हो ।

हत्या आरोपमा प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ४ का २० बर्षीय मनिष नाथ, वडा नम्वर १५ का २२ बर्षीय गणेश लुहार, सोही ठाउँका २० बर्षीय नविन सिंह र २२ बर्षीय विनोद बोहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दका अनुसार उनीहरुले पन्तलाई हेल्मेट र चक्कु प्रहार गरी गम्भिर घाईते बनाएका थिए । चक्कु प्रहारबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भारत लैजादै गर्दा बाटोमानै मृत्यु भएको थियो ।

बिहिबार बिहान घरबाट दीपक बाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । गोबरैया क्षेत्रमा स्कुटी र मोटरसाइकलमा सवार चारजनाको समूहले दीपकलाई किन ओभरटेक गरेको भन्दै सांघातिक आक्रमण गरेका थिए  । मोटरसाइकल रोकेर युवा समूहले एकाएक आक्रमण गरेका थिए । मरनासन्न अवस्थामा पुगेपछि उनीहरू मोटरसाइकल र स्कुटीमा चढेर फरार भएका थिए ।

प्रहरीले मनोज नाथ यसअघि पनि हत्या आरोपमा फरार अभियुक्तको सूचिमा रहेका थिए । महेन्द्रनगरको एयरपोर्ट रहेको मजगाउँमा दशैअघि लागेको रामलिला मेलामा चक्कु प्रहार गरि फरार भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, घटनामा प्रयोग भएका चक्कु, मोटरसाइकल र स्कुटी एकएक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

दिपक पन्त हत्या कसरी भयो त ?

बिहिबार बिहान घरबाट दीपक बाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैया । घटनास्थल जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब चार सय मिटरको दूरीमा पर्छ । सडकको दायाँबायाँको बस्ती छ । सडकमा मानिसहरू आवतजावत गरिरहेको थिए ।
एकाएक मोटरसाईकल र स्कुटीमा सवार ४̸ ५जना युवाहरु पन्तलाई रोक्दै ओभरटेक किन गरेको भन्दै सांघातिक आक्रमण गर्दे कुटपिट गर्न सुरु गरे । तिन जनाले हातले लात्ताले र हेल्मेटले लगातार प्रहार गरे भने एक जनाले चक्कु प्रहार गरे । चक्कु प्रहारबाट घाईते पन्त छटपटि रहँदा ब्यस्त सडकमा निर्घात कुटपिट र चक्कु प्रहार हुँदा छुट्याउन कोही पनि आएनन् सबै जना रमिते बने ।

छोरामाथि आक्रमण हुँदा बुवा बिसन पनि विसि बने एक्लैले केही गर्न सकेनन् । उनले रोक्न हजार प्रयास गरे तर युवाहरुको समूहले उनीमाथि कुटपिट जारी राख्यो । कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालले उपचार सम्भव नभएपछि भारत रेफर ग¥यो तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन

महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा मोटरसाइकलले ओभरटेक गरेको निहुँमा महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तलाइ हत्या गरेको विरोधमा स्थानीयले कन्चनपुर जिल्ला प्रहरी कार्यालय अगाडि शुक्रबार टायर बालेर प्रदर्शन गरेका छन् ।
क्रुर घटनाका दोषीलाई कारबाही माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । मोटरसाइकलले ओभरटेक गरेको निहुँमा पन्तलाई कुटेर हत्या गरेका थिए ।

(Visited 1,812 times, 1 visits today)
Loading comments...