आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

दाङ क्षेत्र नं ३ (ख) मा मतगणना शुरु

रासस
2 weeks ago
01/12/2019

घोराही । उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख)को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।

(Visited 21 times, 1 visits today)
Loading comments...