आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाकी उम्मेदवार मिश्र विजयी

पार्वती पाण्डे
2 weeks ago
01/12/2019

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरको चुनावी प्रतिस्पर्धामा राजापले चमत्कारपूर्ण जीत हासिल गरेको छ । मञ्जु मिश्रले प्रतिस्पर्धी अन्य ११ उम्मेदवारले पाएको कुल मत बराबरकै फराकिलो मतअन्तरले विजयी भएकी हुन् ।

राजपाकी उम्मेदवार मिश्रले ८ सय ६८ ल्याई विजयी भएकी छन् । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये नेपाली कांग्रेसका देब भारतीले ४ सय ६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालका तीर्थबहादुर रायमाझीले १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दीले २८ र राप्रपाबाट बलभद्र मिश्रले ११ मत प्राप्त गरे । २१ मत बदर भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दिएका थिए ।

विजयी मिश्र राजपाका केन्द्रिय नेता रविदत्त मिश्रकी श्रीमती समेत हुन् । रविदत्त विगतमा भूमिगत मधेस राजनीतिको एक कमाण्डर समेत रहेर शान्ति पूर्ण राजनीतिमा आएका थिए ।

(Visited 20 times, 1 visits today)
Loading comments...