आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

संघीयताको सुविधा पाएनन् जनताले

पार्वती पाण्डे
2 weeks ago
01/12/2019

कपिलवस्तु । लामो समयसम्म वाणगंगा नगरपालिकामा नापी कार्यालय र मालपोत कार्यालय आउन सकेका छैनन् । यसले गर्दा संघीयताको सुविधा जनताले पाएका छैनन् भन्ने पुष्टी गर्न सकिन्छ । कपिलवस्तु जिल्लाको सबैभन्दा ठूलो जन संख्या रहेको नगरपालिकाका जनतालाई आधारभूत सेवा पाउनवाट बञ्चित किन गरिएको भन्दै बाणगंगाले जिल्ला मालपोत कार्यालय कपिलवस्तु मार्फत भूमिसुधार विभागलाई पत्र लेखेको छ ।
नगर कार्यपालिकाको मंसिर ४ को निर्णय अनुसार यस्तो पत्र लेखिएको हो । पत्र लेखेर दवाव दिनुको मुख्य कारण हो कपिलवस्तुकै सबैभन्दा उच्च जनघनत्व र द्रुत विकास भइरहेको नगरमा मालपोत र नापीका शाखा स्थापना गर्न पहिले देखिनै प्रयास भएको भएपनि अहिलेसम्म काम नहनु ।
यता चारनम्बर जितपुरमा मालपोत तथा नापीका शाखा नहुदा जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताले यहाका सर्बसाधारण हैरानी भएका छन । यस क्षेत्रमा इलाका प्रशासन, प्रहरी, शसस्त्र प्रहरी, हुलाक, बन लगायतका कार्यलय अन्य सरकारी कार्यालयका शाखा सञ्चालनमा रहे पनि मालपोत र नापी शाखा नुहदा सेवाग्रहीलाई सास्ती भएको छ ।

शाखा सञ्चालन नुहदा सदरमुकाम आएर दिनहु कामको लागी लामो समय कुर्नूपर्ने वाध्यता छ । कपिलवस्तुमा सबैभन्दा धेरै जनसंख्या भएको र जग्गाको सबैभन्दा वढी कारोवार हुने नगरपालिका बाणगंगा नै हो । तर न्यून जनसंख्या भएको शिवराज नगरपालिकामा मालपोत र नापी कार्यलय स्थापना भएको छ । सदरमुकाममा नापी कार्यलय परापूर्वदेखि अवस्थित छ । तर बाणगंगामा नापी र मालपोतको कुनैपनि संरचना छैन । इलाका प्रशासन कार्यलय खुलेसंगै मालपोत र नापीका शाखा बाणगंगामा आउने तयारीमा थिए । त्यतिबेला मधेसवादी दलले आन्दोलन गरेर स्थानान्तरण हुन दिएनन् । सदर मुकाम राजमार्गमा सार्ने षडयन्त्र भन्दै उनीहरुले ठूलो जुलुश प्रदर्शन गरेर अवरोध गरेका थिए । खोल्ने निर्णय गरेपछि उत्साहित भएका बाणगंगासी यतिबेला ढिलाई हुदै गएकोमा चिन्तित छन् ।

विकास निर्माणमा उच्च जनसहभागिता जुट्ने नमुना नगर मानिएको बाणगंगाको ठूलो जनसंख्या पायक पर्ने स्थानबाट सेवा सुविधा सहजै पाउनवाट बञ्चित भएको छ । यो विषय स्थानीय जनप्रतिनिधीको चासोको विषय नवनेको पनि होइन तर के कारणले ढिलाई भएको छ ? त्यो भने स्थानियलाई थाहा छैन । त्यसैले बाणगंगाबासीहरुले यो बिषय यहाका जिल्ला नेताहरुले आफ्नो प्राथमिकतामा नराखेको भन्दै आलोचना गर्ने पनि गरेका छन् ।

यता बाणगंगाबासी प्रेम क्षेत्री मालपोत र नापी कार्यालय नजिक नहुँदा समस्या भएको बताउनु भएको छ । सानो कामका लागि पनि सदरमुकाममा पुग्नु पर्छ भनेको समयमा काम हुदैन यसले गर्दा समस्या भएको छ उनको भनाई छ ।

यता प्रदेश सांसद बिष्णु पन्थी केन्द्रबाट यस बिषयमा कुनै जानकारी नआउदा कामलाई अघि नबढाईएको बताए । आफ्नो तर्फबाट र प्रदेश सरकारको तर्फबाट पहल गरिरहेको समेत बताए । संघीय सांसद चक्रपाणी खनाल बलदेब मन्त्री भएको समयमा पनि मन्त्री बलदेबले यस बिषयलाई चासोका साथ मन्त्रालमा कुरा उठाएको बताए । यो समस्या छिट्टै सम्बोधन हुने पूर्व मन्त्री खनालले बताए । तत्काल नापी र मालपोतका शाखा सञ्चालन गरेपनि कर्मचारीहरुको अभावमा काम सहज नहुने बताउदै जनशक्ति मन्त्रालयले पठाउने पहल गरेलगतै कामले गति लिने जानकारी दिए ।

यता बाणगंगा नगरपालिकाका प्रमख मंगल प्रसाद थारुका अनुसार मालपोत र नापीको कार्यालय शुरु गर्नेबारे सम्बन्धित निकायबाट अहिलेसम्म जानकारी नआएको तर्क गरे । यस बिषयलाई नगरपालिकाले चासोका साथ हेरि रहेको र आवश्यक प्रकृया मिलाउदै गरेको उहाको भनाईछ ।उपमेयर चक्रपाणी अर्यालले नगर कार्यपालिकाले मालपोत र नापीको शाखा स्थापना गर्न माग गर्ने निर्णय गर्दै जिल्ला सदरमुकाम स्थित मालपोत कार्यलय मार्फर्त विभागलाई सिफारिस गरि स्थापनामा पहल गर्न पत्राचार गरिएको बताए ।

यता नागरिक समाज कपिलवस्तु र उपभोक्ता हित संरक्षण मञ्च यस बिषयमा जोडदारका साथ तातेका छन् । नगर क्षेत्रमा मालपोत र नापी शाखा स्थापना गर्नुपर्छ भन्ने बिषयमा नगरका मेयर उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई पटक पटक ध्यानाकर्षण गराएको नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाईले वताए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले नागरिक समाज र मञ्चको संयुक्त अगुवाइमा बाणगंगा नगरले मालपोतलाई लेखेको सिफारिस सहितको पत्र बुझाएर यो विषयको सार्थक पहल अघि बढाइएको जनाए । सेवाको सहज पहुँच नपाएका नागरिकको पक्षमा नागरिक समाज र उपभोक्ता हित संरक्षण मञ्चले विशेष तदरुकता देखाउनु सान्दर्भिक रहेको उनको भनाइ छ ।

यसैक्रममा बाणगंगा नगरपालिबाट मालपोत र नापीका शाखा स्थापना सम्वन्धि सिफारिश पत्र लिई अध्यक्ष पछाई र पाण्डे मालपोत कार्यालयमा पुगेर मालपोत प्रमुुख ऋषिराम पौडेललाई पत्र बुझाएर फर्किएका छन । सिफारिश पत्र बुझदै प्रमुख पौडेलले कार्यलयको तर्फवाट जोडदार सिफारिस सहित नगरको पत्रलाई भविभाग समक्ष सिघ्र पुराउने स्पष्ट पार्नु भएको छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...