बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

बागलुङमा बाम गठबन्धनका शाही विजयी

नवीन शिशिर
2 months ago
02/12/2019

बागलुङ । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ गण्डकी प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी भएका छन् । आइतबार दिउसो १२ः४० बजेदेखि शुरुभएको मतगणना सोमबार विहान १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको हो ।

शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जीत शरचनले ९ हजार १३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

शाही जीत शेरचनसंग दुई हजार ९७ मतआन्तरले विजयी भएका हुन । नेकपाले केन्द्रिय निर्णय अनुसार बागलुङमा राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको थियो ।

समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७ मत ल्याएका थिए । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५ तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरे। यस्तै ३१६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १८४ रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको छ । गत चुनावमा कुल मतदाता संख्याको ६५ प्रतिशत मत खसेको यस क्षेत्रमा अहिले ६१ प्रतिशत मात्र मत खसेको हो । २०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी हुनुभएको थियो । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट पाईका थिए ।

(Visited 38 times, 1 visits today)
Loading comments...