आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

फेरि गर्ने भयो सिड्नीमा नेपथ्यले सांगितीक धमाका

राजन घिमिरे
2 weeks ago
02/12/2019

 सिड्नी । नेपाली गीत संगीत क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको सांगितीक ब्याण्ड हो नेपथ्य । यसको शान, मान र वाहवाही प्रति देशमा मात्र होइन कि प्रवासमा पनि चर्चा हुने गर्छ । यसको शानलाई एक पटक फेरि अष्ट्रेलियाको सिड्नीमा रहेको कार्यक्रम आयोजक नेपाल टचले सिड्नीमा रहनु हुने नेपालीहरु माझ प्रस्तुत गर्ने भएको छ । नेपाल टच पनि यस्ता शानदार र वजनदार कार्यक्रमहरु प्रस्तुत गर्ने मामीलामा अगाडि नै देखिंदै आएको छ । यसैबीच ‘नेपाल टच’को आयोजनामा अष्ट्रेलियाको सिड्नीमा नेपथ्यको कन्सर्ट हुने भएको छ ।

नेपथ्य लाईभ इन सिड्नी–२०१९ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो ।
डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुने यो कन्सर्ट विग टप लुना पार्कमा हुने छ । लुना पार्क आफैंमा भब्य र सभ्य कार्यक्रम हुने स्थानको रूपमा चिनिन्छ ।

नेपाल टचले नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ‘ हामी धेरै कार्यक्रमहरूक आयोजना गर्दैनौं । थोरै गर्छौ तर खास र बिशेस तरिकाले गर्छौ । यस कारण पनि यहाँ रहनु हुने नेपाली समुदायबीच हाम्रो आफ्नै साख छ ‘ नेपाल टचका राज के गोश्वामी र दिपेश पुनले भने । यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ । अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ ।

नेपाली संगीतिक व्याण्ड ‘नेपथ्य’ विश्वमाझ परिचित छ । नेपाली दर्शक तथा स्रोतामा नेपथ्यको रुचाइएको ब्याण्ड हो । फरक शैलीका गीतहरु तयार गरेर नेपथ्यले आफ्नो छुट्टै स्थान बनाएको छ । नेपथ्यको देशदेखि विदेशसम्म धेरै संख्यामा कन्सर्ट गरिसकेक छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...