शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

टुँडिखेलमा ‘सम्पदा लडाइँ’को चर्चा

राजधानी समाचारदाता
2 months ago
02/12/2019

काठमाडौं, ‘अकुपाई टुँडिखेल’ अभियानअन्र्तगत चौथो साताको शनिबार दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘सम्पदा लडाइँ’बारे चर्चा परिचर्चा गरिएको छ । अभियानले प्रत्येक साताको विभिन्न कार्यक्रमको आयोजना गर्दै टुँडिखेललाई अतिक्रमणमुक्त गराउन माग गर्दै आएको छ ।

न्यौपानेको पुस्तकमाथि पूर्वपुरातŒव अधिकृत भ्रीम नेपालले पुस्तकबाट सम्पदा संरक्षणका धेरै विषयमा पाठकले जानकारी पाउने बताएका थिए । पुस्तकमा सम्पदा संरक्षणका लागि विभिन्न पात्रले गरेका संघर्ष, कानुनी पक्ष, संरक्षण विधिलगाायतका बारेमा जानकारी पाउने बताएका थिए ।

कार्यक्रममा सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारी, टँुडिखेल सरोकार समितिका प्रतिनिधिलगाायतले नीति निर्माण तहमा रहेकामा सम्पदाबारेको ज्ञान नहुँदा सम्पदा संरक्षणमा समस्या भएको बताएका थिए ।

(Visited 68 times, 1 visits today)
Loading comments...