आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

अपराजित यौन र महिला हिंसा

नागेन्द्रराज शर्मा
2 weeks ago
02/12/2019

गत साता अर्थात् मंसिर ९ गते सोमबार हामीले पनि अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनायौं । नाम अन्तर्राष्ट्रिय भए पनि हामीलाई आफ्नै देशको महिला हिंसा अन्त्य गर्न पाए हुन्थ्यो भन्ने पिर छ । वर्षदिनभन्दा बढी भयो, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको । त्यसको छानबिन अझै टुंगोमा पुुगेको छैन । हालै मात्र ललितपुरको मेडिसिटी अस्पतालमा त्यहाँ कार्यरत चिकित्सक रोहितकुमार झाले हालै त्यहाँ उपचार गर्न गएकी एक युवतीमाथि उपचारकै क्रममा बलात्कारको प्रयास गरेको आरोप छ । यही आरोपमा उनलाई ललितपुर प्रहरीले पक्राउसमेत गरेको छ । गत साता नै रोजगारी दिलाइदिने नाममा गोदावरी लगेर अर्की युवतीमाथि बलात्कार प्रयास गर्ने सिनामंगलस्थित मिता कन्सल्टेन्सीका सञ्चालक रोहितकुमार ढुंगानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गत असोजमा नै रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा नै छन् । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले आफूलाई यौनशोषण गर्दै आएको आरोप अर्की एक महिला बालिका खड्काले सामाजिक सञ्जालमार्फत् लगाउँदै आएकी छन् । हामीकहाँ पनि बाबुुबाट छोरी, गुरुबाट चेली, दाजुुुबाट बहिनी बलात्कृत भएका घटना प्रशस्त सुनिने गर्छन् । भारतमा पनि मैहुँ भन्ने धर्मगुरुसमेत बलात्कार वा यौन हिंसाको आरोपमा कतिपय जेलजीवन बिताइरहेका छन् त कतिपय विवादास्पद रूपमा देखिएका छन् । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन् । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पूर्वराष्ट्रपति क्लिन्टनको यौन लिप्साका बारेमा कुरा निकाले ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । यौनलाई पराजित गर्न नसक्दा सामान्य मानिसदेखि मैहुँ भन्नेहरूसमेत कुनै न कुनै रूपमा चुकेको पाइन्छ । हुन त यो नितान्त प्राविधिक, वैयक्तिक एवं जैविक पक्ष हो । कतिपय ऋषिमुनिदेखि राजामहाराजाको कथा, व्यथा यौनमा गएर टुंगिएको समेत पाइन्छ । नेपालमा उच्च तहका मान्छे कुनै न कुनै रूपमा यौन मामलामा विवादित छन् । धेरैजसोसँग ‘कान्छी’को कथा गाँसिएको छ । यौन मामलामा चुक्नेहरूको कथा मात्र बाहिर आउने गर्छ । समुचित व्यवस्थापन गर्नेहरूको कथा आफैसँग लुकेको हुन्छ ।

यौन आवश्यक छ

यौन मानव जीवनको एउटा अनिवार्य आवश्यकता भने हो । अब्राहम् मास्लोले १९५४ मा ‘मोटिवेसन एन्ड पर्सनालिटी’ मा आवश्यकताका शृंखला तोकेका छन् । उनका अनुसार आवश्यकताका पाँचौं तह छन् र यीमध्ये पहिलो तहमा शारीरिक आवश्यकता पर्छ । शारीरिक आवश्यकताअन्तर्गत मास्लोले गास, बास, कपास यौन, सुरक्षा आदिलाई लिएका छन् । उनका अनुसार मानिसलाई जसरी दाल, भात चाहिन्छ त्यसरी यौन पनि अनिवार्य रूपमा चाहिन्छ । आचार्य रजनिसको त ‘सेक्स से समाधि तक’ दर्शन नै बनेको छ । अर्का मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले बच्चाले आमाको स्तनपान गर्दा समेत यौन आकांक्षा उत्पन्न हुन्छ भन्छन् । उनका अनुसार छोरा आमासँग र छोरी बाबुसँग नजिकिनुका पछाडि पनि यही मनोवैज्ञानिक कारण छ । फ्रायड आफ्नी आमा आमेलिया फ्रायडसँग यौनइच्छा राख्थे भनिएको छ । यौन जैविक पक्षसँग सम्बन्धित भएकाले गर्दा पनि होला अधिकांश मान्छे विचलित भएकै हुन्छन् । त्यसैकारण समुचित व्यवस्थापनबाट मात्रै मानिसले आफूलाई यौन मामलामा कमजोर साबित गराउन सक्दैन । यसो हुन सकेमा मात्र महिला हिंसा पनि कम हुन्छ ।

नेपोलियन २५ वर्षसम्म नारीप्रति आकर्षित नै भएनन् । काम वासनाको कुरो त परै जाओस् । भगवान् बुद्ध पत्नी नै परित्याग गरे । विवाहित भएर पनि रामकृष्ण परमहंस योगी सरह रहे । मानवीय स्वभाव हेर्दा पुरुष बढी यौनात्तुर देखिए पनि नीतिले पुरुषमा भन्दा महिलामा आठगुणा कामवासना बढी हुन्छ भन्छ । उनीहरू दबाउन सक्छन्, पुरुष सक्दैन फरक यत्ति हो ।

शरीर विज्ञानले महिलाको महिनावारी र पुरुषको स्वप्नदोषलाई यौनको पूर्वतयारी मानेको छ । यसैकारण मनोविज्ञानमा यौवनावस्था (१४ वर्षपछिको उमेर)लाई विशेष रूपले हेर्ने गरिन्छ । यसैकारण हाम्रा पुर्खाहरू या त छोरीलाई रजस्वला नहुँदै बिहे गरिदिने मान्यता राख्थे या त यस्तो बेलामा पुरुषसँग संर्सग हुँदा मनमा व्यभिचार आउन सक्छ भनी पुरुषदेखि पर अलगस्थानमा राख्थे । त्यो वैज्ञानिक पक्षलाई कतिपयले नबुुझेरविरोध गरे भने कतिले बढी बुुझेर छाउपडी सुरु गरे । नीतिले चारयोजनभन्दा टाढाको बाटोमा निर्जन, जंगल छ भने आमा, गुरुआमा र दिदीबहिनीसँग दुई जना मात्र भएर यात्रा नगर्नु भनेको छ । यी दुुवै प्रवृत्ति ठीक थिएनन्÷होइनन् । विकासात्मक मनोविज्ञानले पनि यौवनावस्थालाई जटिल अवस्थाका रूपमा व्याख्या गरेको छ । यसले पनि मान्छेमा जैविकताको कारणले आउने दुुुुुुुुष्प्रभावलाई जित्न त्यति सहज नभएको पुष्टि हुन्छ । योग, ध्यान, अध्ययन, चिन्तन मननबाट मात्रै मानिस यौनलाई पराजित गर्न सक्छन् ।

अरू कारण

आज जतिसुकै सम्पन्न, भद्र तथा संस्कारी परिवार भए पनि पारिवारिक वृत्ति सुखद हुन नसकेका धेरै घटना छन् । सन्त नेता कृष्णप्रसाद भट्टराईले म अविवाहित हुँ तर कुमार होइन भनेका थिए । बलात्कार गर्न खोज्यो भनी उजुर गर्ने महिलालाई उनले खुर्सानीको धुलो आँखामा छरिदिनु भन्ने हाँसीमजाकको उत्तर दिन्थे । विवाह नभएका पनि आमा बन्न सक्ने नजिर स्थापित भइसकेको छ । एउटै बेडमा सुत्दैमा लोग्नेस्वास्नीको सम्बन्ध सुखद नै हुन्छ भन्ने पनि छैन । यसैले होला मुलुुकी संहिता २०७४ कार्यान्वयनमा आएपछि लोग्नेले बलात्कार ग¥यो भनी श्रीमतीद्वारा कैयांै मुद्दा दर्ता भएका छन् । लोग्नेकोे यौनेच्छा श्रीमतीले पूरा गर्नैपर्छ भन्ने जमाना अब रहेन । यस्तो अवस्थामां कान्छीको आवश्यकता धेरैजसोको जीवनमा आउने नै भयो । मनोविज्ञानवेत्ता सुरुमा प्रेम विवाह ग¥यो, पछि यौन समस्याकै कारण सम्बन्धविच्छेदनका थुप्रै घटना नेपालमा देखिएको बताउँछन् । यस अवस्थामा फेमिली थेरापी जरुरी हुने उनीहरूको ठहर छ ।

अधिकांश महिला रजस्वला बन्द भएपछि यौनसम्बन्धका लागि अनिच्छुक हुन्छन् भनेको छ । तर, लोग्नेमानिसमा ६०–७० वर्षसम्म पनि यौनेच्छामा कमी नआउने हुँदा परिवारमा यौन मामलाकै कारण अनमेल उत्पन्न हुने गरेको पाइन्छ । यस्तो बेलामा सहज यौन सम्बन्ध असम्भव हुँदा या त बलात्कारको शैलीबाट यो अभाव पूर्ति गर्छन् या त वैकल्पिक मार्ग (उपाय)को जोह गर्छन् भन्ने मान्यता छ । यसकारण पनि यौन व्यवस्थापन झन् कठिन देखिएको छ । आफ्नै श्रीमती बलात्कार गरेर भए पनि यौनलाई जित्नैपर्ने बाध्यता अधिकांश पुरुषको बिडम्बना नै हो । शरीर विज्ञानको यही अन्तर बुुझेर होला, हाम्रा पुर्खाहरूले केटा र केटीको वैवाहिक उमेर १० वर्षको फरक खोज्थे ।

स्वभाव आआफ्ना
फ्रायडका अनुसार ‘मान्छे काम वासनाबाटै जन्मेको हो, यसैकारण जति बढी काम वासनाको पूर्ति गर्न सक्यो त्यति मात्रामा मानिस खुसी हुन्छ ।’ यसका लागि विवाह÷मर्यादाको उलंघन गर्न परे पनि गर्नुपर्छ । फ्रायड स्वयंले आफ्नी आमा आमेलिया फ्रायडसँग यौनेच्छा राख्थे भनिन्छ । उनका अनुसारमा मानिसको इदमा रहेको स्वभावले यौन चाहना गरी नै रहन्छ र हर सम्भवले यसको पूर्तितर्फ ऊ लाग्छ । यसलाई उनी जीवनको जैविक आवश्यकता नै ठान्छन् । यौनका अगाडि संयमता एउटा अपुरो आदर्श मात्र हो ।

नेपोलियन २५ वर्षसम्म नारीप्रति आकर्षित नै भएनन् । काम वासनाको कुरो त परै जाओस् । भगवान् बुद्ध पत्नी नै परित्याग गरे । विवाहित भएर पनि रामकृष्ण परमहंस योगी सरह रहे । मानवीय स्वभाव हेर्दा पुरुष बढी यौनात्तुर देखिए पनि नीतिले पुरुषमा भन्दा महिलामा आठगुणा कामवासना बढी हुन्छ भन्छ । उनीहरू दबाउन सक्छन्, पुरुष सक्दैन फरक यत्ति हो । सन् २०१३ को अगस्त १५ मा ७७ वर्षीय भारतीय धर्मगुरु आशारामले आफ्नै भक्तकी छोरी १६ वर्षीया किशोरीलाई आफ्नै आश्रम जोधपुरमा बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । नेपालमा पनि बेलाबेला यस्ता अप्रिय घटना सुनिँदै आएका छन् । पर्खालमन्त्री, रोपाइँमन्त्री आदिका नामले केही उच्च पदस्थ पनि कतै न कतै यस मामलामा बिटुलिएका छन् । यसैकारण यौनलाई पराजित नगरेसम्म यस्ता घटना बारम्बार भइरहन्छन् । यौनेच्छा नमारेसम्म महिला हिंसा कुनै पनि हालतमा रोकिँदैन ।

(Visited 75 times, 1 visits today)
Loading comments...