आइतवार १२ माघ, २०७६ (Sunday, 26th January 2020)
१२ माघ, २०७६ (26 January 2020)

अभिनेता वरुणलाई कारको ढोकाले बचायो

एजेन्सी
2 months ago
02/12/2019

मुम्बई,एजेन्सी– बलिउड अभिनेता वरुण धवन आफ्नो नयाँ फिल्म ‘कुली नम्बर १’को छायांकनको क्रममा भएको कार दुर्घटनामा कारको ढोकामा अड्किएर बाँचेका छन् ।

यो चलचित्रलाई वरुणका बुबा डेविड धवनले निर्देशन गरिरहेका छन् । फिल्ममा कारलाई चट्टाने भिरमा कुदाउनुपर्ने दृश्य दिने क्रममा भीरबाट कार तल खसेको निर्देशक धवनले बताए । सो क्रममा कार भिरमा अड्किँदै गर्दा वरुण कारको सिटमा फसेको दृश्यले निकै डराएको पनि निर्देशक धवनले बताए ।

भीरमा अड्केको कारको सिटमा पसेका ढोका नखुलेका कारण वरुण कारको ढोका अड्किएको र त्यतिबेला कारको ढोका खुलेको भए वरुण सोझै तल खोंचमा झर्ने र त्यतिबेला जे पनि हुन सक्ने घटना निर्देशक धवनले बताए ।

यसरी भीरमा कार अड्किएपछि फिल्म युनिटले अभिनेता वरुणलाई रेस्क्यु गरेको बताउँदै आफूले त्यो वास्तविक दृश्यलाई वरुणको स्टन्टको सम्मान स्वरूप फिल्म कुली नम्बर १ मा राख्ने बताए ।

अभिनेता वरुणले पनि बुबा र सारा टिमको हौसला र आफ्नो साहसका कारण त्यति जोखिमयुक्त दृश्य दिन सफल भएको र एउटा दुर्घटनाबाट आफू जोगिएको बताएका छन् । फिल्म कुली नम्बर १ निर्माणको अन्तिम चरणमा छ ।

(Visited 63 times, 1 visits today)
Loading comments...